Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागु औषध सहित २ जना पक्राउ

132

पर्सा, १८ मंसिर ÷ वीरगंज महानगरपालिका वडा नं. १६ वाट सशस्त्र प्रहरीले प्रतिवन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट नेपाल भित्रिदै गर्दा रजतज्यन्ती चौकबाट लागु औषध सहित पक्राउ गरिएको हो ।
बोर्डर आउट पोष्ट श्रीसियाको सशस्त्र प्रहरीको टोलीले चेकजाच गरिरहेको बेला शंका लागि भारतबाट आइरहेको पैदल यात्री दुई जनालाई चेकजाच गर्दा प्रतिवन्धित लागु औषध डाइजोपाम इन्जेक्सन र नाइट्रोभ्याट टैबलेट सहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक जिवन मल्ल ठकुरीले बताउनु भयो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा नगरपालिका वडा नं. ४ सिमरा निवासी २१ ब्र्षिय विवश कार्की र सोही निवासी २१ ब्र्षिय मुकुन्द कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक ठकुरीले जानकारी दिनुभयो ।
प्रतिवन्धित लागु औषध सहित पक्राउ गरिएको द्वय कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.