Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको नीति निर्देशन विपरीत पर्साको सीमामा घुमुवाहरूको तान्डव

708

उमेश दुबे
पर्सा, १५ असार / सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ प्रमुख डिआइजी राजु अर्यालले घुमुवा परिचालन नगर्न निर्देशन दिएपनी पर्साको सीमामा व्यापक रूपमा घुमुवा परिचालन हुनुको साथै घुमुवाहरूको माध्यमले आर्थिक कलेक्सन समेत भइरहेको बताइएको छ । घुमुवाहरूको माध्यमले सीमाबाट व्यापक रूपमा आर्थिक कलेक्सन हुनथालेपछी सशस्त्र प्रहरीका डिआइजी अर्यालले घुमुवा परिचालन नगर्न निर्देशन दिएपनी आदेशलाइ बेवास्ता गर्दै पर्साको सीमामा व्यापक घुमुवा परिचालन गरेको पाइएको हो ।
पर्साको १३ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज साहले सशस्त्र प्रहरी हवलदार प्रमोद बैठा र सशस्त्र प्रहरी जवान जितेन्द्र सहनीलाई घुमुवामा खटाएका छन भने बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख डिएसपी तिलक खडकाले सशस्त्र प्रहरी जवान सुदर्शन बैठा र सशस्त्र प्रहरी जवान महेश हजरालाई घुमुवामा खटाउने गरेका छन । त्यसैगरी बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनमल्ल ठकुरीले सशस्त्र प्रहरी जवान हरिश्चन्द्र महतो र जिल्ला प्रशासन कार्यालय पर्साबाट कमल अधिकारीलाई घुमुवामा खटाइएको हो ।
सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ प्रमुख डिआइजी राजु अर्यालले घुमुवा परिचालन नगर्न निर्देशन दिएपनी घुमुवाहरूको माध्यमले सीमाबाट हुने गरेको अबैध कारोबारबाट रकम समेत उठने गरेको बताइएको छ । आफनै संगठनको नीति निर्देशनलाइ खिल्ली उडाउदै प्रमुखहरूले खटाउने गरेको घुमुवाहरू माथी माथिल्लो निकायले कारवाही नगर्नु बिडम्बनाको बिषय बनेको छ । एक जना घुमुवाका अनुसार डिआइजी साबले हाकिमहरूलाइ नखटाउने निर्देशन दिएको बारे सुनिएको तर आफ्नो हाकिमको आदेशले खटिने गरेको बताए ।
यस बिषयमा सशस्त्र प्रहरी डिआइजी अर्यालले नीति निर्देशन विपरीत कार्य गर्ने जोकोहिलाई नछोडिने बताउनु भयो । नीति निर्देशन विपरीत कार्य गर्ने माथी आफू कडा कारवाही गरिने बताउनु भयो । आफ्नो कार्यक्षेत्र भित्र पर्ने सबै जिल्ला प्रमुखलाई घुमुवा खटाउन निर्देशन नदिएको र घुमुवा खटाए कारवाही गर्ने चेतावनी समेत दिएको बताउनु भयो । नीति निर्देशन विपरीत खटिने र खटाउने माथी कारवाही अगाडी बढाउने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.