Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको ठूलो सफलता : एक हप्ता नबितिदै दोश्रो पटक सशस्त्र प्रहरीद्वारा हतियार सहित भारतीय नागरिक पक्राउ

3,000

उमेश दुबे
पर्सा, २२ माघ ÷ सशस्त्र प्रहरी बल २ नम्बर बाहिणीमा डिआईजी प्रविण श्रेष्ठको आग्मनसाथ तराईको बिभिन्न जिल्लाहरुबाट सशस्त्र प्रहरीले ठूलो सफलता पाउन थालेको छ । डिआईजी श्रेष्ठ सीमाना नाकामा तैनाथ रहेका बि.ओ.पी. प्रमुखहरु लगायत गणपतिहरुलाई कडा निर्देशन दिनसाथ सीमाना नाकाबाट तस्करहरु पलायन हुदै गएको र अपराधिहरुलाई समेत धमाधम नियन्त्रणमा लिन थालिएको हो ।
एक थान हतियार भारतबाट नेपाल भित्रयाउन लागेको सूचनाको आधारमा सशस्त्र प्रहरी २ नम्बर बाहिणीबाट खटिएको सादा पोशाकको टोलीले हतियार सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज करिब ११ बजेको समयमा भारतबाट नेपाल आउदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको प्रहरी टोलीले सर्लाहीको मलंगवाबाट पक्राउ गर्न सफल भएको बताइएको छ । भारतको सितामढी जिल्ला सोनवर्षा थाना, दोस्तीया गाउ निवासी सुनिल मंडल भनिनेलाई सशस्त्र प्रहरीले एक थान हतियार सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिणीका प्रमुखको रुपमा डिआईजी प्रविण श्रेष्ठको आग्मन हुनसाथ प्रदेश नं. २ का नेपाल—भारत सीमानामा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएको हेरिएको छ । सीमानाको साथसाथै अपराधि क्रियाकलापमा समेत सशस्त्र प्रहरीले कडाई गर्नथालेपछि एक हप्ता नबितिदै आज दोश्रो पटक हतियार पक्राउ गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल २ नम्बर बाहिणीबाट खटिएको सादा पोशाकको टोलीले माघ १५ गते भारतबाट नेपाल भित्रिरहेको क्रममा रौतहटको लालबकैया नदी नजिकैबाट १ थान कटुवा पेस्तोल, ९ एमएम ब्राउणी स्वचालित पेस्तोल र ५ राउण्ड गोली सहित एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिन सफल भएको थियो भने आज भारतको सोनवर्षा हुदै नेपाल भित्रिएको भारतीय नागरिक मंडललाई ९ एमएम ब्राउणी स्वचालित पेस्तोल सहित सर्लाहीको मलंगवाबाट पक्राउ गर्न सफल भएका छन् ।
त्यस्तै वीरगंज भन्सार कार्यालयबाट खटिने राजस्व गस्ति टोलीले अवैध तरिकाले गरिरहेका कारोवारीहरुलाई धमाधम पक्राउ गर्नुको साथै लागु औषध कारोवारीहरुलाई समेत नियनत्रणमा लिन थालेको प्रष्ट भएको छ । बिगतका दिनहरुमा सीमाना नानकाबाट अवैध तरिकाले भइरहेको तस्करीहरु र लागु औषध कारोवारीहरुलाई धमाधम पक्राउ गर्न थालेपछि राजस्वमा वृद्धि भएको छ । स—साना लागु औषध कारोवारीदेखी लिएर ठूला वडा लागु औषध कारोवारीहरुलाई धमाधम पक्राउ गर्न थालेपछि लागु औषध कारोवारमा समेत कमि आएको हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.