Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीको अर्को धमाका, लागू औषध सहित लाखौ बराबरको कपडा बरामद

644

उमेश दुबे
पर्सा, १३ फाल्गुन / सशस्त्र प्रहरीले पर्साको विभिन्न ठाउहरूबाट १ लाख ६६ हजार बराबरको कपडा पक्राउ गर्नुको साथै लागू औषध चरेस र गाजा पक्राउ गर्न सफल भएको छ । डिआइजी प्रवीण श्रेष्ठको निर्देशनले प्रदेश नम्बर २ का सशस्त्र प्रहरीले धमाधम तस्करीका समानहरू नियन्त्रण लिनुको साथै लागू औषध समेत पक्राउ गर्न सफल भएको हो ।

आज बिरगंज भन्सार राजस्व गस्ती टोलिले १ लाख ६६ हजार बराबरको कपडा बरामद गरेको छ । डिएसपी तिलक खडकाको कमाण्डमा खटिएको टोलिले भन्सार छली गरि नेपाल भित्रयाइएको कपडा बरामद गरेको हो ।
यस्तै सशस्त्र प्रहरी बेस पोखरियाबाट खटिएको प्रहरी टोलिले लागू औषध गाजा र चरेश पक्राउ गर्न सफल भएको हो । सशस्त्र प्रहरी बेस पोखरियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक महेन्द्र सिंह थापाको कमाण्डमा खटिएको टोलिले जगरनाथपुर गाउपालिका वडा नम्बर ६ औराहा स्थित रहेको कल्भर्ट नजिकैको खेतबारीबाट लागू औषध गाजाको धुलो र चरेस पक्राउ गर्न सफल भएको हो ।
सशस्त्र प्रहरीले आज बिहान बिशेष सूचनाको अधारमा खटिएको र अबेरसम्म नआउदा सर्च गर्दै जादा खेतबारीमा फालिएको अवस्थामा लागू औषध गाजाको धुलो १५ किलो २८ ग्राम र लागू औषध चरेस २८ किलो ७ सय ५० ग्राम बरामद भएको सशस्त्र प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.