Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीकै स्कटिङमा मालसमानको तस्करी

256

बारा, ३१ जेष्ठ / बाराको छतवा नाका हुदै सशस्त्र प्रहरीकै स्कटिङमा तस्करीको मालसमान अवैध रुपले आयात निर्यात हुदै आएको छ । केही आर्थिक प्रलोभनमा परी स्थानीय बिओपी छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक दसै मण्डलको सहयोग र संरक्षणमा तस्करीका मालसमान सहजै नेपाल भित्रिने गरेको एक घटनाले उजागर पारेको हो ।
सोमवार राति करिब ८ बजेको समयमा सूचना पाउनसाथ यस अनलाईनबाट जिरो ग्राण्ड रिर्पोटिङमा खटिएका संचारकर्मीहरुले करिब ९ बजे भारतबाट अवैध तरिकाले आयात हुदै आएको मालसमान रोक्न खोज्दा मालसमान छोडी तस्कर फरार भएको र स्कटिङमा समेत खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक मण्डल समेत फरार भएका थिए । दिनहु तस्कर समुहलाई संरक्षण गर्दै र तस्करीका मालसमान अवैध तरिकाले नेपाल भित्रयाउनको निम्ति सशस्त्र प्रहरीले गर्दै आएको सहयोग बारे यस घटनाले पुष्टि समेत गरेको छ ।
बाराको सीमा हुदै बढ्दै गएको तस्करीको बिषयमा बिगत केही दिनदेखी बिभिन्न मिडिया मार्फत उजागर भइरहदा समेत केही चासो नदेखाउने प्रहरीहरुको घण्डाफोर यस भिडियो मार्फत सार्वजनिक नै भएको छ । आफ्नो पद र पावरको दुरुपयोग गर्दै आएका सशस्त्र प्रहरी नायब निरीक्षक मण्डलले खुल्याम तरिकाले तस्करी गरिरहदा समेत माथिल्लो निकायको मौनताले संगठनको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा भएको छ ।
बाराको छतवा नाकालाई कमाई खाने भाडो बनाएका र आफ्नो पदलाई दुरुपयोग गरेका सशस्त्र प्रहरी नायब निरीक्षक मण्डल माथि कुनै किसिमको कारवाही हुने हो की होइन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.