Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीका आइजिपी खनालको कडा निर्देशन आउनसाथ सीमा नाकामा ब्यापक रुपमा प्रहरी परिचालन

3,103

उमेश दुबे
पर्सा, १ जेष्ठ ÷ नेपालको सुरक्षा निकायमा सभन्दा कान्छो प्रहरीको रुपमा मानिएको सशस्त्र प्रहरी बल संगठनका प्रमुख शैलेन्द्र खनालको आदेश आउनसाथ नेपाल र भारतको सीमा नाकामा कडाई गर्नुको साथै ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । दुई देशको बिचको सीमा सुरक्षा सशस्त्र प्रहरी बलको पहिलो प्राथमिक्ता भएको हुनाले सीमा नाकामा कडाई गर्नुको साथै ब्यापक रुपमा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल संगठनका प्रमुख आईजिपी शैलेन्द्र खनालले आफ्नो मातहातमा रहेका प्रहरीहरुलाई दुई देश बिचमा रहेको सीमा लगायत शान्ति सुरक्षामा समेत निगरानी बढाउने आदेश दिएको बताउनु भयो । उहाले देशको बिभिन्न ठाउहरुमा बसी २४ औं घण्टा सेवा तथा सीमाको सुरक्षा गरिरहेका सशस्त्र प्रहरी बल आफ्नो कार्यबाट कहिले पछि नहटने बिश्वास ब्यक्त गर्नुभयो । उहाले आफ्नो कार्यकालमा कुनैपनि गलत प्रकृयाले कमाउन खोजे कारवाही गरिने बताउनु भयो ।

यता सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनिका प्रमुख डिआईजी प्रविण श्रेष्ठले सीमा नाकामा कडाई गरिएको बताउनु भयो । सशस्त्र प्रहरी बलले सीमा नाका सुरक्षाको निम्ति खटिएपनि अपराधी गतिविधिमा समेत संलग्नहरु माथि निगरानी बढाइएको बताउनु भयो । उहाले आफ्नो संगठनको निति निर्देशन विपरीत कार्य गर्ने केही पदाधिकारीहरुलाई समेत कारवाही गरिने गरेको जानकारी दिनुभयो ।
निति निर्देशन विपरीत कार्य गर्ने पदाधिकारीहरुलाई सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनिका प्रमुख डिआईजी श्रेष्ठले कारवाही गरिनथालेपछि सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउन थालेका छन् । नेपाल र भारतको सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ तस्कर लगायत अपराधीहरु समेत पलायन हुन थालिएको बताइएको छ । सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठले सूचना आए पश्चात बेला बखत मात्र सादा पोशाकमा प्रहरी परिचालन गरिन थालिएको बताए । बेला बखत खटाइएको सादा पोशाकको टोलीले सुन, लागु औषध, हातहतियार, अवैध तरिकाले भित्रिएको मालसमानहरु पक्राउ समेत गरिएको बताउनु भयो ।
सीमा नाकामा सशस्त्र प्रहरीको कडाई हुनसाथ सीमा भित्र बसेका नेपाली जनताहरुले सुरक्षाको प्रत्याभुती हुन थालिएको बताएका छन् । सशस्त्र प्रहरीले सीमा लगायत सीमा भित्र बसेका बस्तीहरुमा समेत निगरानी बढाउन थालेपछि सुरक्षा महसुस गरिन थालिएको सर्वसधारणहरु ब्ताउछन् । रातिको समयमा सशस्त्र प्रहरीको गस्ति हुन थालेपछि चोरीको समेत घटनामा कमि आएको सर्वसधारणहरुले बताए ।

Leave A Reply

Your email address will not be published.