Ultimate magazine theme for WordPress.

सवारी दुर्घटनामा परी बारामा एक जनाको मृत्यु, पहिचान खुल्न नसकेको प्रहरीको भनाई

130

बारा, ६ फागुन / बाराको फेटा गाउपालिका वडा नम्बर ३ नजिकै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नहर सडकमा पर्ने पुल सांगुरो रहेको कारण उछिटिएर दुर्घटना हुन पुग्दा एक जना युवाको मृत्यु भएको हो ।
बाराको गण्डक नहर सडकमा पर्ने फेटा गाउपालिका वडा नम्बर ३ स्थित पुलमा मोटरसाइकल ठोकिएर मृत्यु हुन सक्ने अनुमान प्रहरीको रहेको छ । बारा प्रहरीले जनाए अनुसार रातिको समयमा बा २८ प ५२९७ नम्बरको हन्क मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने र दुर्घटनामा परी मृत्यु भएको व्यक्तिको पहिचान हालसम्म खुल्न नसकेको बताएका छन । बिहानको समयमा स्थानीयले देखेर जानकारी गराउनसाथ घटना स्थलमा पुगेका प्रहरीहरु शवलाई पोष्टमार्टमको लागि कलैया अस्पताल पुरयाइएको बारा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीले दुर्घटनामा परी मृत्यु भएको शवको पहिचान खुल्न नसकेको बताउनु भयो । उहाले तिब्र गतिमा रहेको मोटरसाइकल नहरको डिलबाट उछिटिएर खोलामा खसेर दुर्घटना हुन गएको बताउनु भयो । उनका अनुसार मृतकको करिब ३५ देखी ४० बर्षको उमेर रहेको बताउदै मृतकले कटराइज जिन्स र कालो जुता लगाएको बताए । मृतकको पहिचान खुल्न नसकेको कारण पहिचान गर्ने व्यक्ति नजिकैको प्रहरी कार्यालय अथवा इलाका प्रहरी कार्यालय प्रसौनीमा सम्पर्क गर्नु हुन अनुरोध समेत प्रहरी निरीक्षक बोगटीले गरे ।

Leave A Reply

Your email address will not be published.