Ultimate magazine theme for WordPress.

सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रजिअ भट्टराईलाई थप उपचारको लागि काठमाडौं लगियो

188

पर्सा, १३ माघ ÷ गएराती सवारी दुर्घटनामा परि बाराका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी गम्भीर रुपले घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनु भएका बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईलाई आज थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
बाराको निजगढबाट कार्यक्रम समापन गरी कलैया फर्किदै गर्दा पसाहा खोला नजिकै रोकी राखेको ट्रयाक्टरमा ठक्कर दिदा यस्तो दुर्घटना हुन पुगेको बारा प्रहरीले जनाएको छ । दुर्घटना हुदा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको घटना स्थलमै मृत्यु भएको थियो भने प्रमुख जिल्ला अधिकारी भट्टराई सहित ३ जना घाइते भएका थिए । दुर्घटना हुनसाथ बाराको सिमरा स्थित रहेको अलपाइन अस्पतालमा लगिएको थियो भने प्रमुख जिल्ला अधिकारी भटटराई सहित घाइते भएका ३ जनालाई वीरगंज स्थित रहेको वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको थियो ।
२ जना समान्य घाइते भएपनि प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था चिन्ताजनक भएकोले थप उपचारको लागि आज काठमाण्डौ लगिएको छ । सिडिओ भट्टराई सवार बा १ झ १६३३ नम्वरको स्कारपिओ गाडी पूर्व पश्चिम राजमार्गमा पर्ने बाराको पसाहा पुल नजिक दुर्घटना हुँदा बारामा कार्यरत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.