Ultimate magazine theme for WordPress.

सरकार–मोर्चा सहमति नजिक, उपेन्द्र यादव भारतबाट फर्केपछि औपचारिक सहमति हुने

48

काठमाडौं, चैत्र ९ : सीमांकनसहित संविधान संशोधन नभए चुनाव हुनै नदिने अडानमा रहेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।

सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई÷मधेसमा चुनाव हुन नदिने  र आफूले पनि भाग नलिने घोषणा गरेपछि सरकार गम्भीर बनेको छ ।

सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरूले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अनुमान गरिएको छ । सरकार पक्षले यसअघि नै सीमांकनबाहेक संविधान संशोधन गर्न तयार रहेको जनाउ दिइसकेको छ ।

तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष्य उपेन्द्र यादव भारतबाट फर्केपछि मात्रै औपचारिक निर्णय गर्ने  भन्दै मंगलबारको बैठक टुंग्याइयो । बनारस हिन्दू विश्व विद्यालयले आयोजना गरेको नेपाल मामिला सम्बन्धी सेमिनारमा प्रमुख अतिथिको रुपमा सहभागी हुन यादव अहिले बनारसमा छन् । यादव बिहिबार नेपाल फर्किने कार्यक्रम छ ।

फोरम नेपाल सअहध्यक्ष्य श्रेष्ठले पार्टी अध्यक्ष्य उपेन्द्र यादव काठमाडौं फर्केपछि अन्तिम निर्णय गरौं भनेपछि मंगलबारको बैठकमा औपचारिक निर्णय हुन नसकेको हो । ‘पार्टी  अध्यक्ष्यज्यू (उपेन्द्र यादव) ले म फर्केपछि मात्र निर्णय गरौं भन्नु भएको छ ।’

बैठकमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले वार्ता सकारात्मक भएको बताए । उनले भने, ‘आज (मंगलबार) राजेन्द्र श्रेष्ठले आफनो पार्टी अध्यक्ष फर्केपछि मात्र निर्णय गरांै भन्नुभयो । त्यसैले कुनै औपचारिक निर्णय हुन सकेन ।’

Leave A Reply

Your email address will not be published.