Ultimate magazine theme for WordPress.

समाचार संकलन गर्न गएका दुई जना संचारकर्मी माथि दुव्र्यहार हुनुको साथै हातपात

638

उमेश दुबे
पर्सा, ११ बैशाख ÷ वीरगंज स्थित रहेको नारायणि उपक्षेत्रिय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानले गरिरहको छानबिनको बिषयमा समाचार संकलन गर्न गएका दुई संचारकर्मी माथि डाक्टरद्वारा दुव्र्यहार हुनुको साथै हातपात गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट आएको टोलीले गरिरहेको काम कारवाहीको बिषयमा समाचार संकलन गर्न गएका न्यूज २४ टेलिभिजनका पत्रकार इरफान अली र सगरमाथा टेलिभिजनका पत्रकार आबिद हुसेन माथि दुव्र्यहार हुनुको साथै हातपात गरिएको हो ।
बिगत केही दिनदेखी स्थानिय तथा राष्ट्रिय पत्रिकाहरुमा नारायणि उपक्षेत्रिय अस्पतालमा भइरहेको ब्रम्हलूट र भण्डाफोरको बिषयमा समाचार प्रकासित भइरहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाबाट छानबिन टोली पुगेको थियो । अख्तियार दुरुपयोग अनुसन्धानको टोली पुग्नसाथ घटना स्थलमा पुगेका पत्रकारहरु केही दृष्य लिन खोज्दा डाक्टर राकेश साहले दवंगै पाराले दुव्र्यहार गर्नुको साथै हातपात गरेका छन् । नारायणि उपक्षेत्रिय अस्पतालका दृष्य खिचिरहेकै बेला डाक्टर साह अभद्र शब्द प्रयोग गर्दै केमरा खोस्न प्रयास गरेको पत्रकार इरफान अलिले बताउनु भयो । उहाले अख्तियार दुरुपयोग अनुसन्धानबाट आएको टोलीले गरिरहेको छानबिनको बिषयमा प्रतिक्रिया लिरहेकै बेला अचानक डाक्टर साह पुगी अभद्र शब्द प्रयोग गर्दै केमरा खोस्ने प्रयास गरेको बताउनु भयो ।
केमरा खोस्ने प्रयास गरेपछि सगरमाथा टेलिभिजनका पत्रकार आबिद हुसेनले डाक्टर साहलाई रोक्न खोज्दा पत्रकार हुसेन माथि नै जाइलागेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । सगरमाथा टेलिभिजनका पत्रकार आबिद हुसेनका अनुसार समाचार संकलन गर्न गएको तर डाक्टर राकेश साहले बिचमा दवंगै पाराले हेराउदै समाचारलाई लुकाउने प्रयास गरेको बताए । उनले नारायणि उपक्षेत्रिय अस्पतालमा भइरहेको भ्रष्टाचारीको भण्डाफोर हुने डरले आफुहरु माथि दुव्र्यहार हुन सक्ने बताउनु भयो । डाक्टर साहले अभद्र शब्द प्रयोग गर्दै पत्रकारहरु आफ्नो खल्तीमा रहेको भन्दै आफुहरु माथि दुव्र्यहार गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.