Ultimate magazine theme for WordPress.

‘समर्पण’ यूनिटको देश दौडाहा, निर्माता भन्छन्-‘यूथ भ्वाइस, यूथ रोमान्स’

94

पौष १५ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘समर्पण’को निर्माण यूनिट अहिले देश दौडाहामा छ । मोफसलका विभिन्न शहरमा पुगेर पत्रकारसँग अन्र्तक्रिया गर्नमै यसको टोली व्यस्त देखिएको छ । नयाँ कलाकार लिएर चलचित्र निर्माण गरेकाले पनि प्रचारमा अझ सक्रिय हुनुपरेको निर्माणपक्षले बताएको छ ।

नेपाल र बंगलादेशमा छायांकन गरिएको यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । पश्चिमका विभिन्न स्थानमा प्रचार सकेर यसको निर्माण टोली चितवन हुँदै पूर्व लागेको छ । फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको बिषयमा प्रस्तुतकर्ता रोज रखालले भने-‘युवाहरु कसरि विग्रन्छन्, उनीहरुको चाहना के छ, कसैले उनीहरुको भावना किन वुझ्दैनन् भन्ने कथामा यो चलचित्र बनेको बताए ।’

चलचित्रमा रुविना शर्मा, कैलास तामाङ, रोजन रखाल, रन्जु शर्मा, अनु पराजुली, आशा भुषाल, विश्व लामा, प्रयास लामाको मुख्य भूमिका छ । चलचित्रमा ६२ लाख लगानी भएको निर्माणपक्षले दाबी गरेको छ । चलचित्रमा समावेश ४ गीतमध्ये २ गीत वंगलादेशमा खिचिएको छ । पत्रकार सम्मेलनमा कलाकारले यूवा रोमान्समा कथावस्तु तयार पारिएको बताए ।

Leave A Reply

Your email address will not be published.