Ultimate magazine theme for WordPress.

सबै क्षेत्रमा सशस्त्र प्रहरी बलको यूनिट हुन जरुरी

656

उमेश दुबे
नेपालको आर्थिक नगरी लगायत देशको बिभिन्न कुन्नामा सशस्त्र प्रहरीलाई हुन जरुरी छ । सशस्त्र प्रहरी बलको कारणले गर्दा नेपालको आर्थिक संकलनमा बृद्धि हुनुको साथै हाम्रो देश नेपालको सीमामा बसी राष्ट्रको सुरक्षा समेत गरिरहेका छन् । सीमा सुरक्षालाई बलियो बनाउने र सीमालाई व्यवस्थित बनाउनु नै सशस्त्र प्रहरी बलको पहिलो जिम्मेवारी हो ।
सशस्त्र प्रहरी बलको जिम्मेवारी दंगा नियन्त्रण, जघन्य अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्ने, विपदको अवस्थामा नागरिकहरुको उद्धार गर्ने लगायतका कार्यहरु जिम्मेवारीपूर्ण तरिकाले गर्दछन । नेपालको भुमिमा स्थापना भएको सशस्त्र प्रहरी बल कार्यकालदेखी नै आफ्नो इमन्दारीता र सशस्त्र प्रहरी संगठनको नाम उच्च स्थानमा राख्ने प्रयास गरेकै छन् । आफ्नो संगठनको निति, नियम अनुसार सीमामा खटिएका सशस्त्र प्रहरी बलले इमन्दारीता पूर्वक निर्वाह गर्दै गएका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खन्नालले पद सम्भाल्नसाथ सशस्त्र प्रहरी बलको पूर्नसंरचना गर्नु भई सशस्त्र प्रहरीलाई ७७ वटै जिल्लामा खटाउनु भएको छ । आफ्नो संगठनको निति नियमको पालना गर्नु हुदै महानिरीक्षक जस्तो पद खन्नालले सम्भालनु परेको कुरा सर्वविधितै छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खन्नालले शुरुदेखी नै एउटा असल र इमन्दार छविका हुन । उनले जहा गएपनि आफ्नो कार्यले गर्दा नामको छाप छोडने र असल पहिचान बनाउन सफल भए ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खन्नालले पद सम्भालदै दिएको निति निर्देशन अनुसार नेपाल र भारतको सीमानामा खटिएका सशस्त्र प्रहरीहरुले आफ्नो कार्य इमन्दारीता पूर्वक गर्न थाले । नेपाल र भारतको सीमाना नाका खुल्ला भएको कारण सशस्त्र प्रहरीहरुलाई चुनौती थपिएपनि आफ्नो कार्य भन्दा पछाडी हटेका छैन्न । नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका सुरक्षा निकायहरु संग सहकार्य र समन्वय गरी सीमा क्षेत्रमा प्रभावकारी रुपमा काम सशस्त्र प्रहरी बलले गरिरहेको छर्लङ छ ।
नेपाल र भारतको सीमाना नाका खुल्ला भएको कारण चुनौती थपिए पनि नेपालकै आर्थिक राजधानिको रुपमा मानिएको वीरगंज भन्सार राजस्व गस्ति टोलीले यस आ.व. ०७५÷७६ मा करिब ३ करोड बराबरको अवैध मालसमानहरु पक्राउ गरी भन्सार बुझाइएको बिषय पनि सर्वविधितै छ । नेपाल अधिराज्यकै मुल भन्सारको रुपमा चिनिएको वीरगंज भन्सार कार्यालयबाटै यस्तो परिमाणको राजस्व यस आ.व.मा बुझाउनु नै सशस्त्र प्रहरीको इमन्दारीता बारे प्रष्ट पार्दछ । वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले यस अनलाइन संग कुरा गर्दै यस. आ.व.मा करीब ३ करोड बराबरको मालसमान पक्राउ गरी भन्सार दाखिला गरेको बताए ।
सशस्त्र प्रहरी बलको काम सीमामा बसेर राष्ट्रको सुरक्षा गर्नु हो । राष्ट्रियताको जगेर्ना गर्ने हो । सशस्त्र प्रहरीले सशस्त्र प्रहरीले मुद्धा नहेरेपनि समाजलाई सुरक्षित बनाउने दायित्व र कर्तव्यपनि सशस्त्र प्रहरी बलको कांधमा रहेकोले सबै क्षेत्रमा सशस्त्र प्रहरी बलको यूनिट हुन जरुरी छ ।

Leave A Reply

Your email address will not be published.