Ultimate magazine theme for WordPress.

सप्तरीमा प्रहरीले चलायो गोली, दर्जनौ सर्वसधारण घाइते

82

पर्सा, ७ भदौ / सप्तरीको पलानबिहुल गाउपालिका वडा नम्बर ४ बेलहिमा सर्वसाधारण जनता माथि नेपाल प्रहरीले गोलिनै चलाएको आरोप लागेको छ । बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलिले सर्वसाधारण माथि गोलि नै चलाएको आरोप स्थानीयहरूको रहेको हो । तस्करीका मालसमान आयात गरि घरमा राखिएको सुचना आए पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी सहायक निरीक्षक उदय सिंह राजपुतको कमान्डमा टोलि परिचालन भएको बताइन्छ । तर घर खानतलासी गर्न आएका प्रहरीको टोलिले अभद्र ब्यवहार गर्नुको साथै अपशब्द प्रयोग गर्न थालेपछि उग्र रूप लिएको स्थानीय बताउछन । स्थानीयका अनुसार कुरा कुरामा प्रहरीले हतियार तेरसाउने, अपशब्द प्रयोग गर्ने गरेको कारण स्थानीय र प्रहरी बिच झडप नै भएको बताए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव काफलेले चोरी तस्करी गरि नेपाल भित्रयाइ घरमा राखिएको बिशेष सुचना पाउनसाथ टोलि परिचालन गरेको बताए । उहाले घर खानतलासी गर्दा मालसामान समेत बरामद भएको दाबि गरे । मालसामान बरामद गर्ने अवस्थामा स्थानीयहरूले हस्तक्षेप गरेको र झडप भएको समेत उनले जिकिर गरे । भिड नियन्त्रण गर्न ३ राउन्ड हवाइ फायर गरेको उनले स्विकार गरे । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफलेका बिश्वासिला पात्रको रूपमा प्रहरी सहायक निरीक्षक उदय सिंह राजपुतलाइ मानिने गरिन्छ । प्रहरी उपरीक्षक काफले सप्तरीमा घुमुवा परिचालन नगरेको दाबि गरेपनि वास्तवमा उनकै बिश्वासिलो पात्रको रूपमा मानिने प्रहरी सहायक निरीक्षक सिंहलाइ घुमुवामा खटाउने गरेको रहस्य उजागर भएको छ । सप्तरीको नाकामा पुगि प्रहरी उपरीक्षक काफलेको नाम भजाउदै मासिक २० देखि २५ लाखसम्म तस्कर संगठन सङ्ग रकम असुल गर्ने गरेको समेत श्रोतले दाबि गरेका छन । प्रहरी प्रधान कार्यालयले दरबन्दी फिर्ता जान ह्विप जारी गरेपनि प्रहरी उपरीक्षक काफलेले सिंहलाइ ढाकछोप गर्दै घुमुवामा खटाउने गरेको रहस्य उजागर भएको छ । चोरि तस्करी नियन्त्रण भन्दापनि चोरी तस्करीलाइ बढावा दिने गरेको बारे प्रहरी सहायक निरीक्षक उदय सिंह राजपुतको पछिल्लो समय घटनाले प्रष्ट हुन्छ । तर बदनाम प्रहरीको रूपमा मानिने राजपुतलाइ संरक्षण गर्ने प्रहरी उपरीक्षक के कति इमान्दार रहेको बारे अहिलेसम्मको कार्यशैलिले प्रष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.