Ultimate magazine theme for WordPress.

सडक विस्तार विरोधमा माइतीघरमा स्थानीयको प्रदर्शन

54

काठमाडौं, पुस २५ : काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्। उचित मुआब्जा नदिएको र कानुन अनुसार क्षतिपूर्ति नपाएको भन्दै सोमबार स्थानीयले माइतीघरमा प्रदर्शन गरेका हुन्।

‘गैरन्यायिक सडक विस्तार विरुद्ध धर्ना कार्यक्रम’ नाम दिएको प्रदर्शनमा उनीहरुले विभिन्न नारा लगाएका थिए। प्रदर्शनकारीले ‘जनताको मौलिक हकको सम्मान गर’, ‘उचित क्षतिपूर्ति र न्यायिक मुआब्जा व्यवस्था गर’, ‘ऐतिहासिक धरोहरको रक्षा गर’, ‘सांस्कृतिक नगरीको रक्षा गर’ जस्ता प्लेकार्ड बोकेका थिए।

हेर्नुस्, केही तस्बिरः

Leave A Reply

Your email address will not be published.