Ultimate magazine theme for WordPress.

संसद अवरोध हटाउन सभामुख सक्रिय , सभामुखद्धारा सात दलको बैठक आव्हान

48

काठमाडौं, १० पुस । सभामुख ओनसरी घर्तिले विद्यामान राजनीतिक गत्यावरोधको अन्त्य र संसद अवरोध हटाउनको लागि सात राजनीतिकक दलको बैठक बोलाएकी छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलहरुले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएपछि सहमतिको पहलका लागि सभामुख ओनशरी घर्तिले सोमबार प्रमुख तीन दल सहित सात राजनीतिक दलको बैठक बोलाएकी हुन ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलहरुका बीच सहमति हुने संभावना नदेखेपछि सभामुख ओनसरी घर्तीले सोमबार ३ बजे कांग्रेसदेखि तमलोपासम्मका सात राजनीतिक दलको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको काम कारवाही अगाडी बढ्न नदिने एमाले लगाएतका विपक्षी दलहरुले निर्णय गरेका छन् भने सरकारमा रहेका दलहरु कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नलिने अडानमा रहेका छन् ।
जसका कारण जसका कारण संसदमा छलफलका क्रममा रहेको अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको छ।
बैठकमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा गंभिर छलफल हुने बताइएको छ ।

बैठकमा सांसद संख्या दुई अंक (१० भन्दा बढी ) रहेका सात वटा दललाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.