Ultimate magazine theme for WordPress.

‘संशोधन प्रस्तावलाई मतदान प्रक्रियामै लैजान दिँदैनौं’

32

पोखरा, माघ ११ : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताएका छन्। प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसदमा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरे।

सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उनले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे।

हिजो संविधान च्यात्छौँ, जलाउँछौं र मान्दै मान्दैनौं भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे। रासस

Leave A Reply

Your email address will not be published.