Ultimate magazine theme for WordPress.

श्रीमतीलाई निर्घात कुटपिट गरेको आरोपमा डाक्टर यादव पक्राउ

235

पर्सा ११ चैत्र । पर्सामा श्रीमती कुटेको आरोपमा आज एक चिकित्सक पक्राउ परेका छन् । आफनै श्रीमतीलाई निर्घात कुटपिट गरेको आरोपमा डाक्टर सचितानन्द यादव पक्राउ परेका हुन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका डाक्टर सचितानन्द यादवलाई आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । शुक्रबार राति डाक्टर यादवले श्रीमती सुनितालाई गम्भीर घाइते हुने गरि कुटपिट गरेका आफन्तले आरोप लगाए पश्चात् पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । डाक्टर यादवको कुटाइबाट घाइते भएकी सुनिताको उपचार बिरगंज स्थित गण्डक अस्पतालमा भइरहेको छ भने घाइते सुनिताको आफन्तले डाक्टर यादव विरुद्ध उजुरी गरे पश्चात् नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.