Ultimate magazine theme for WordPress.

वीरगञ्ज पथलैया तथा पूर्वपश्चिम महेन्द्र राजमार्गमा बाँदरको उपद्रो

52

वीरगन्ज  पुस २५ : वीरगञ्ज पथलैया तथा पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको पथलैया, आमलेखगञ्ज तथा पिलुवा क्षेत्रका जनतालाई बाँदरले सताउनथालेको छ ।

जिल्लाको गढीमाई नगरपालिकामा पर्ने पथलैया, पिलुवा, महेन्द्रनगर, टाँगियाबस्ती, आमलेखगञ्जलगायत जिल्लाकै निजगढ नगरपालिकामा पर्ने लाल रतनपुरी क्षेत्रका बासिन्दालाई बाँदरले सताइरहेकोले उनीहरुले निकै सास्ती भोग्नुपरेको हो ।

जङ्गलसँगै जोडिएका मानव बस्तीहरुमा पसेर अन्नबाली खाइदिनुका साथै साना बालबालिकालाई आक्रमण गरी घाइते समेत बनाउनथालेपछि स्थानीयले बाँदर नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

बाँदरले पूर्वपश्चिम महेन्द्र राजमार्गमा साइकल लिएर हिँड्ने सर्वसाधारणलाई समेत दुःख दिने गरेको छ । मोटरसाइकल र अन्य सवारीसँग डराए पनि साइकल यात्रुलाई बाँदरले झम्टिने र उनीहरुले बोकेको सामानहरु खोस्ने समेत गरेको बाराका स्थानीय सञ्चारकर्मी प्रकाश लम्शाल बताउँछन् । राजमार्गमा हुल बाँधेर बस्ने बाँदरले पैदल हिंड्ने र साइकल यात्रुलाई अत्यन्तै दुःख दिने गरेको उनी बताउँछन् ।

Leave A Reply

Your email address will not be published.