Ultimate magazine theme for WordPress.

वीरगंज महानगरमा लोकप्रिय बन्दै राजेशमान

143

पर्सा, ५ बैशाख / प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंजमा राजेशमान सिंह लोकप्रिय बन्दै गएका छन । मधेस आन्दोलनदेखी कोरोना महामारी जस्तो समयमा जनताको सुख दुखमा साथ दिने राजेशमान सिंह अगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनको समयमा जनता माझ लोकप्रिय बन्दै गएका हुन ।
वीरगंज महानगरपालिकाको बिभिन्न वडावासीहरुको लागी राजेशमान सिंहले गरेको योगदानको बिषयमा चर्चा चलाउदै बैशाख ३० गते हुन गइरहेको चुनावमा राजेशमान सिंहलाई रोज्ने भन्दै व्यापक रुपमा चर्चाको बिषय बनेको छ । मधेस अँन्दोलनमा भुमिका नै निर्वाह गर्न नसकेका व्यक्तिलाई र मधेस आन्दोलन बिरोधी पार्टीलाई कुनैपनि हालतमा यसपालि स्विकार गर्न नसक्ने बताउदै यसपालि हुने निर्वाचनमा राजेशमान सिंहलाई नै रोज्ने स्थानीयहरुको भनाई रहेको छ ।
वीरगंज महानगरपालिका भित्र चर्चामा रहेका राजेशमान सिंह पैसावाला नरहेपनि यसपालि हुने निर्वाचनमा स्थानीयले आफ्नो मताधिकारको दम प्रयोग गर्ने बताए । पैसाको भरमा चुनाव जित्नेहरु कहिलेपनि जनताको पक्षमा उभिन नसक्ने बताउदै यसपालि हुने निर्वाचनमा राजेशमान सिंहकै साथ र समर्थनमा उभिने वीरगंज महानगरपालिका वडा नम्बर १३ का स्थानीय जनताले बताएका हुन । यसपालिको हुन गइरहेको निर्वाचनमा पर्सेली जनता मधेस बिरोधी पार्टीलाई कुनैपनि हालतमा स्विकार्न नसकिने बताउदै मधेसी जनताको लागी योगदान पुरयाएका सिंहलाई समर्थन गर्ने बताएका हुन ।
३२ वटा वडा रहेको वीरगंज महानगरपालिकामा बिगत ५ बर्षदेखी भ्रष्टाचारको अखडा बनेको सर्वविधितै रहेको बताउदै स्थानीयवासीहरुले हाल हुन गइरहेको निर्वाचनमा राजेशमान सिंहलाई रोज्ने वीरगंजका जनताहरुको भनाई रहेको छ । मधेस आन्दोलन गराउने पार्टीका कुनैपनि नेतालाई स्विकार गर्न नसक्ने बताउदै मधेसी मसिहाहरुको भनाई रहेको छ । मधेस आन्दोलनमा सहादत भएकाहरु प्रति खिल्ली उडाउदै पार्टी परित्याग गर्ने र मधेस बिरोधी पार्टीमा गएका नेताहरुलाई अस्विकार गर्दै राजेशमानलाई नै समर्थन र सहयोग गर्ने वीरगंजेली जनताले बताउन थालेपछि सिंह लोकप्रिय बन्दै गएको बारे बुझिन्छ ।

Leave A Reply

Your email address will not be published.