Ultimate magazine theme for WordPress.

वीरगंज भन्सार हुदै व्यापक तस्करी, सुरक्षाकर्मी रकममा लिप्त

413

पर्सा, २७ श्रावण / विगत लामो समयदेखी मुलुककै आर्थिक नगरी तथा मुख्य व्यापारिक नगरीको रुपमा मानिने वीरगंज भन्सार पछाडी र मुख्य सडकबाटै व्यापक रुपमा तस्करी बढेपनि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु रकममा लिप्त हुने गरेको पाइन्छ । वीरगंज भन्सारको मुल गेटबाटै दर्जनौ तस्करहरुको समुह सकृय रहेपनि भन्सार क्षेत्रमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी रकममा लिप्त भएकै कारण तस्करका समुह सलबलाउन थालेका हुन ।
वीरगंज भन्सारको मुल गेट अगाडीबाटै मुख्तार, भोला, फैयाज, बिनोद, इमरान लगायतका तस्कर समुह सकृय रहेका छन भने भन्सार पछाडीको सडक हुदै अनिल, इमरान, सुरेन्द्र लगायत ५ जनाको तस्कर समुह सकृय रहेका छन । मुल भन्सार अगाडीबाटै कपडा तस्करीको काम गर्ने मुख्तार, भोला, फैयाज, बिनोद रहेको प्रहरी श्रोतले जनाएको छ भने भन्सार पछाडीबाट इमरानले कवाड र अनिल भनिने तस्करले कपडाको काम गर्दै आएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने अपराध अनुसन्धान शाखादेखी क्यू.आर.टी. टोली, प्रहरी चौकी इनर्वा, प्रहरी चौकी इनर्वा गाउ र सशस्त्र प्रहरीको तर्फबाट बोर्डर आउट पोष्ट वीरगंज भन्सारबाट खटिने सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करीको कार्य बढेको पाइएको हो । कपडाको तस्करी गर्ने गिरोहहरुले अवैध तरिकाले कपडा नेपाल भित्रयाई बिभिन्न ट्रान्सपोर्टको माध्यमले बिभिन्न ठाउहरुमा पुरयाउदै आएका छन ।
सीमामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा बढ्दै गएको तस्करी, न्यूनिकरण हुनु करिब असम्भव नै रहेको देखिन्छ । कारण हो प्रहरी प्रशासनको आर्थिक प्रलोभन र सम्बन्धीत निकायको मौनता । आफु र आफ्नो संगठन राम्रो गरिरहेको ढोल पिट्दै हिडने नेपाल प्रहरी र सशस्त्र प्रहरीको यस्तो रवैयाका कारण संगठनकै बदनाम हुने गरेको पाइन्छ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.