Ultimate magazine theme for WordPress.

वीरगंज उपमहानगरपालिकाको २१ औं नगर परिषद्बबाट १ अर्ब २३ करोड बजेट सार्वजनिक

117

वीरगंज पुस २८  : वीरगंज उपमहानगरपालिकाको २१ औं नगर परिषद्को सभासद् राजेन्द्रबहादुर अमात्यले एक समारोहबीच  उद्घाटन गरेका छन् ।

नगर सभागृहमा आयोजित परिषद्को उद्घाटन समारोहमा वीउमनपाका कार्यकारी अधिकृत पीताम्बर

अधिकारीले आव २०७४/७५ को वार्षिक बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । उनले आव २०७४/७५ को लागि साधारण खर्च रु २७ करोड १५ लाख ५१ हजार, पूँजीगत खर्च ७४ करोड ८ लाख २३ हजार र कार्यक्रम खर्चतर्पm रु २१ करोड ९३ लाख ४७ हजार गरी रु १ अर्ब २३ करोड १७ लाख २१ हजारको बजेट सार्वजनिक गरेका थिए ।

आज सार्वजनिक गरिएको बजेटमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना सञ्चालनतर्पm नगर विकासबाट प्राप्त हुने ऋण अनुदान वीउमनपाबाट सम्पूरकबापत उपलब्ध गराउनुपर्ने रकम समेत समावेश गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी गराएका थिए ।

एडिबीमार्पmत नेपाल सरकारबाट आव २०७३/७४ को लागि प्राप्त रु २ अर्ब ३८ करोड ७६ लाख ५५ हजार र आव २०७४/७५ मा प्राप्त हुने रु २ अर्ब ३८ करोड ८४ लाख १० हजार अनुदान रकम बजेटमा समावेश नगरिएको उनले बताए ।

वीउमनपाले हालै समावेश भएका ११ वटा गाविसमा शहरी पूर्वाधार विकासका लागि सडक विस्तार, ढल तथा नाला निर्माण, सडक बत्ती, सौर्य बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए ।

उनले नगर क्षेत्रका सार्वजनिक स्थल, बसपार्क र वडाहरूमा सार्वजनिक शौचालय निर्माण गरिने, घर क्लिनिक सञ्चालन गर्ने, नगर क्षेत्रलाई पूर्ण साक्षर बनाउने, नगर क्ष्Fेत्रलाई डुबानमुक्त गर्ने, १ घर १ बिरुवा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रमा मनोरञ्जनको लागि भुटनदेवी, विपी उद्यानमा आधुनिक पार्क निर्माण गर्ने, बालगृह वृद्धाश्रम निर्माण गर्ने, श्रीसिया नदीको प्रदूषण हटाउने प्रयास गर्ने, सीमा क्ष्Fेत्र विकास कार्यक्रम अन्तर्गत वीउमनपाको वडा नं. १, १९, २०, २२, २८ मा पूर्वाधार विकास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.