Ultimate magazine theme for WordPress.

वीरगंजमा राजेशमानलाई जिताउन महिला नेतृहरु सक्रिय

143

वीरगञ्ज, ७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुलाई बिजय बनाउन महिलाहरु पनि सक्रिय भएका छन् । जसपा निकट महिला संघ एवम् पार्टीका महिला नेतृहरुले जनताको घरदैलोमा गएर महिलाहरुका समस्या तथा गुनासोहरु सुन्ने क्रमलाई तिव्रता दिएका छन् ।

नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारलाई जिताउनुपर्नेमा घरदैलोमा सहभागी महिलाहरुले जोड दिएका छन् । महिला सशक्तीकरण तथा महिलाहरको क्षमता अभिवृद्धि र सिपमुलक तालिमहरुको व्यवस्था गर्नका लागि जसपाले जित्नुपर्ने घरदैलोमा सहभागी महिला नेतृ अन्नपुर्ण मानन्धरको भनाई छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ५, १३, २१ लगायतका वडाहरुमा भएको घर दैलो अभियानलाई महानगरका ३२ वटै वडामा निरन्तरता दिने महिला नेतृ पिंकी यादवले जानकारी दिइन् ।

घरदैलोका क्रममा स्थानीयले पनि जसपालाई जिताउने सकारात्मक प्रतिक्रिया दिएको प्रेरणा श्रेष्ठ बताउँछिन् । घर दैलो कार्यक्रममा महिला नेतृ पिंकी यादव, अन्नपुर्ण मानन्धर, प्रेरणा श्रेष्ठ, प्रतिभा सिँह, रेखा सिँह, निता श्रेष्ठ, संगीता दास लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.