Ultimate magazine theme for WordPress.

वीरगंजको बसपार्क क्षेत्र व्यवस्थित हुन नसक्दा स्थानिय तथा यात्रीलाई सास्ती, डुवान पश्चात राहत पाएको स्थानमा दलबल सहित पुगे मेयर सरावगी

229

पर्सा, २ श्रावण ÷ पर्साको एक मात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिका स्थित नया बसपार्क क्षेत्रको सडक निर्माण नहुदा स्थानिय तथा यात्रीलाई सास्ती खेप्नु परिरहेको छ । वीरगंजको बसपार्कबाट दिनहु चल्ने गाडीहरु सडकको मर्मत नहुदा वीरगंजको बिभिन्न स्थालहरुबाट सवारी उठाउने गरेका छन् । १ बर्ष भित्र वीरगंजको बसपार्कको कार्य सम्पन्न हुने मेयर सरावगीले भनेपनि निर्माण अधुरै रहेको कारण स्थानिय तथा यात्रीहरुलाई सास्ती खेप्नु परिरहेको हो । स्थानियहरुले स्थानिय तथा संसदीय चुनावको समयमा मात्र ठूला ठूला भाषण दिने गरेको तर कार्य नगरिदा समस्या थपिएको बताएका छन् ।
यस अनलाईन संग कुरा गर्दै बस पार्कमा संचालन गरेका गाडीहरुका संचालकहरुले बसपार्कमा दिनहु गाडीहरु पल्टिने गरेता पनि महानगरपालिकाले कुनै चासो नहेराएको बताए । उनले महानगरपालिकामा मात्र कामको लागि बजेट छुटयाइन्छ तर काम चाहि केही हुदैन भन्दै दुखेसो पोखे । उहाले बसपार्क क्षेत्रमा देशको बिभिन्न ठाउहरुमा सवारी साधन आउने र जाने गर्छ । तर बस पार्क क्षेत्रमा दिनहु बढ्दै बढ्दै गएको सवारी दुर्घटनालाई महानगरपालिकाले बेवास्ता गरेको आरोप लगाए ।
वीरगंजको बसपार्क क्षेत्रमा पसल संचालन गरी बसेका पसल संचालकका अनुसार बर्षायामको बेला पानी लागेको तर पानी छुटेको ४ दिन बिति सक्दापनि हालसम्म बसपार्क क्षेत्र हिलोमय भएको दुखेसो पोखे । बसपार्क क्षेत्र हिलोमय र पानीले भरिएको हुदा आफ्नो ब्यपार व्यवसायमा घाटा बेहोर्नु परेको बताएका छन् । बर्षायामको बेला लाखौको क्षति बेहोर्नु परेपनि महानगरपालिकाले हालसम्म चासो नदेखाउदा व्यपार व्यवसायमा घाटा बेहोर्नु परेको दुखेसो पोखेका छन् ।
पर्सा जिल्लाको एक मात्र महानगरपालिका वीरगंज महानगरपालिका भएपनि मात्र नामको लागि रहेको तर बिकासको कार्यमा फितलो भएको वीरगंजवासीहरुको भनाई रहेको छ । वीरगंज महानगरपालिकामा बजेट अनुसार बिकासको कार्यलाई तिब्रता दियो भने नमुनाको रुपमा परिणत गर्न सकिन्थयो की ? भन्दै स्थानियवासीहरुले प्रश्ण गरेका छन् ।
यता अबिरल बर्षाका कारण वीरगंज लगायत ग्रामिणको दर्जनौ गाउ डुवानमा परेपनि मुख समेत नहेराएका मेयर सिरावगी आजको समयमा मुख हेराउदै ग्रामिण भेगमा प्रवेश गरेका छन । बर्षायामको बेला मेयर सरावगी ग्रामिण भेग लगायत वीरगंज महानगरपालिकाको कुनैपनि ठाउहरुमा मुख समेत नहेराएका र बिभिन्न संचार माध्यममा आलोचना हुनसाथ ग्रामिण भेगमा राहत लिएर पुगेको कुरा ब्यापक रुपमा चर्चाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.