Ultimate magazine theme for WordPress.

विद्यालय व्यवस्थापन समिति गठनमा मनोमानी, छात्रबृत्ति रकम शिक्षकको खल्तीमा

49

काभ्रे, फागुन १३ : जिल्लाको डेडीथुम्का माध्यामिक विद्यालय मण्डनको व्यवस्थापन समिति गठन मनोमानी भएको भन्दै जिल्ला शिक्षा कार्यलयमा उजुरी परेको छ ।

जिल्ला शिक्षा कार्यलयमा फागुन दुई गते दर्ता भएको १६३९ नम्बरको उजुरीमा करिब कक्षा एक देखि १२ सम्म करि एक हजार भन्दा बढी विद्यार्थी संख्या रहेको विद्यालय मा २५ जना अभिभावक जम्मा गरेर व्यवस्थापन समिति गठन गरिएकको आरोप लगाइएको छ ।

यस अघि समिति गठन गर्दा निर्वाचन समेत भएको स्मरण गर्दै अहिले राजनीति आस्था निकट केही व्यक्ति बोलाएर गठन गरेका कारण उजुरी दर्ता गराउनु परेको अभिभावक बताउँछन् ।

श्रोत व्यक्ति गगन कुमार मण्डल र कार्यवाहक प्रधानाध्यापक दिपेन्द्रसिहं धामी तथा विद्यालय निरिक्षक शिवप्रसाद त्रिपाठीको मिलेमतोमा समिति गठन भएको उनीहरुको आरोप छ । श्रोतव्यक्ति मण्डलले भने सबै अभिभावकलाई बोलाइएको भन्दै उपस्थितहरुकै बीचबाट गठन भएको गैर जिम्मेवारपूर्ण जवाफ दिए ।

शिक्षा नियमावली अनुसार सम्पुर्ण अभिभावकको भेला गराई ५१ प्रतिशत अभिभावकको उपस्थितिमा व्यवस्थापन समिति गठन गर्नु पर्ने प्रवधान रहेको छ । गणपुरक संख्या नपुराई गठन भएको समितिको खारेजीको माग गरिएको छ । यस अघि पनि जिल्लाको डाडाँ पारी भेगमा रहेका मण्डल विवादमा तानिएका थिए ।

छात्रबृत्ति रकम शिक्षकको पोल्टमा
त्यसैगरि जिल्लाकै अर्का डेडिथुम्का आधारभुत विद्यालयमा बिद्यार्थीका लागि आएको छात्रवृतिबाट शिक्षकलाई तलब खुवाएको खुल्न आएको छ ।

कक्षा ९ स्वीकृती नै नलिई सञ्चालनमा रहेको उक्त विद्यालयले ०७२ साल देखि नै बिद्यार्थीहरुलाई छात्रबृद्धि वितरण नगरेको बिद्यार्थीहरुको गुनासो छ । शैक्षिक सत्र शुरु भएपछि वितरण गर्नु पर्ने उक्त रकम आफूहरुले नपाएको विद्यार्थीहरु नै बताउँछन् । ‘हेडसरले दशैंमा वितरण गर्ने भन्नु हुन्थ्यो तर अहिलेसम्म पाएका छैनौं’, एक विद्यार्थीले बताए ।

यस विषयमा प्रधानाध्यापक झलकप्रसाद पौडेलले नीजि श्रोत शिक्षक नियुक्ति गरिएको त्यसैबाट तलब खुवाए पनि ड्रेस भने दाताहरुबाट सहयोग लिएर वितरण गरिएको बताए । साथै विद्यालयको आसपासमा सरकारी जग्गा अधिकरण गरि निजी अवास बनाउँदा समेत विद्यालय प्रसासन मौन रहेको स्थानीयहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.