Ultimate magazine theme for WordPress.

लोेकतन्त्रलाई जोेगाऔ भन्दै घरदैलो अभियानलाई तिब्रता पारे उम्मेदवार सिंह

39

बारा, १५ कात्तिक / मुलुकमा लोकतन्त्र पदती समाप्त पार्ने षडयन्त्र भएको भन्दै बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का सत्तागठबन्धनका उम्मेदवार लालबाबु सिंहले घरदैलो अभियानलाई तिब्रता दिएका छन । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको नतिजाले लोकतन्त्रलाई जोगाउन सकिने भन्दै घरदैलो अभियानमा तिब्रता दिएका हुन ।
घरदैलो अभियानमा तिब्रता दिएका सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले यस अनलाइन संग कुरा गर्दै लोकतन्त्रलाई बचाउन जनताको हातमा रहेको र जनताले चाहे मात्र लोेकतन्त्रलाई बचाउन सकिने बताउनु भयो । उहाले लोकतन्त्रका लागि अन्य क्षेत्र संगै बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का जनताले समेत अहम भुमिका खेलेको जिकिर गर्नुभयो । तर लोेकतन्त्रलाई परास्त गर्नको निम्ति एमाले र जसपा गठबन्धनका टाउकेहरु लागि परेको समेत आरोप लगाउनु भयो ।
कसैले लोेकतन्त्रलाई सखाप पार्न खोेज्दैमा लोकतन्त्र समाप्त नहुने, उनले दावी गरे । जनतालाई सर्वपरी मान्ने गरिन्छ, उनले भने । जनताले जवाफ पनि दिने आफ्नो एकाधिकार मतले हो, उनले थपे । यसपालिको निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ का जनताले लोकतन्त्र कब्जा गर्ने षडयन्त्र बिरुद्ध खडा उत्रिने समेत दावी गरे । उनले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले कुनै भ्रष्टाचारीलाई होइन, काम गर्न नसक्ने नेतालाई होइन, लोकतन्त्रलाई सखाप पार्ने षडयन्त्रकारीलाई होइन, एउटा असल व्यक्तित्व, एउटा असल नेतृत्वकर्तालाई बिजयी गराउने विश्वास लिएको बताउनु भयो । सत्तागठबन्धनको जित नै जनताको जित रहेको भन्दै उम्मेदवार लालबाबु सिंहले यसपालिको निर्वाचनमा जनता आफ्नो पक्षमा रहेको दावी गरे ।
यता नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारको सचिवालयमा लालबाबु सिंह जिताउ अभियान अन्तर्गत कार्यक्रम भेला भएको थियो । जिल्ला सचिव राजेश रौनियारको पहलमा भएको भेलामा सत्तागठबन्धनका उम्मेदवार लालबाबु सिंहले आ—आफ्नो ठाउबाट युवाहरु लोकतन्त्र बचाउ अभियानमा लाग्नु पर्ने बताए । बारा निर्वाचन क्षेत्र नम्बर ३ का नेतृत्व गर्ने युवाहरुको भेलाले सत्तागठबन्धनको लागि एउटा उर्जा थपिएको छ ।

Leave A Reply

Your email address will not be published.