Ultimate magazine theme for WordPress.

लोकमान मुद्दाको बहस सकिएपछि फैसलाको प्रतीक्षा

64

बिरगंज ,पुष २४ : निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आइतबार बहस सकिएको छ। तीन जना न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासमा विपक्षीका साथै रिट निवेदक पक्षको जवाफी बहस सकिएको हो।

कार्कीले अदालततको मानहानी गरेको र उनको योग्यताको समेत विषयको मुद्दामा सुनुवाई भएको हो।

अख्तियार प्रमुखमा नियुक्तिलाई कार्कीको योग्यता नपुग्ने भन्दै दायर रिट सर्वोच्चले खारेज गरेको थियो। त्यसविरुद्ध प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले निसा हुने आदेश दिएकी थिइन्।

सर्वोच्चले आजै फैसला सुनाउने सम्भावना पनि छ।

Leave A Reply

Your email address will not be published.