Ultimate magazine theme for WordPress.

‘लुट २’ ले निराश पार्दैन : निश्चल

432
काठमाडौँ, फागुन १३ : चार वर्षअघि ‘लुट’ रिलिज हुँदासम्म धेरै कमले मात्रै यसका निर्देशक निश्चल बस्नेतलाई चिन्थे । जब फिल्म ब्लकबस्टर्स हिट साबित भयो तब मुख्य कलाकार सौगात मल्ल हाकु काले र दयाहाङ राई गोफ्लेका रूपमा मात्रै चिनिएनन्, निश्चल पनि रातारात सेलिब्रिटी बने ।
निश्चलको बैंक लुट्ने मास्टर प्लानले हलमा सफलता पाएपछि उनले दोस्रो फिल्मका रूपमा ‘टलकजंग भर्सेस टुल्के’ ल्याए । तर दर्शकको निश्चलप्रतिको विश्वास यति चुलिएको थियो, उक्त फिल्मले भरथेग मात्रै गर्‍यो । निर्माण घोषणा नै गरिसकेको ‘दिमाग खराब’ ल्याइहाल्न हिम्मत गरेनन् । अन्तत: उनी चार वर्षपछि ‘लुट’ कै सिक्वेलसहित फर्किए ।

Leave A Reply

Your email address will not be published.