Ultimate magazine theme for WordPress.

लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न

38

वीरगंज ४ फागुन ।
नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको टाउन हलमा आयोजित सम्मेलनको उदघाटन लायन्स क्लब ईन्टरनेशनल ३२५ बि टु को डिष्ट्रिक गर्भनर सुनिल ओझाले गर्नु भएको थियो । कार्यक्रममा मिस नेपाल २०१७ की मिस नेपाल निकिता चन्दक, लायन्स क्लबका पिएमसिसि रमेश अग्रवाल, आर.पि.खेतान, गणेश लाठ , लायन्स क्लव अफ इन्टरनेशल ३२५ बि का पदाधिकारीहरु लगायतले आगामी दिनमा लायन्स क्लवले खेल्नु पर्ने भूमिका र विगतमा क्लबद्वारा सम्पादन भएका कार्यक्रमहरुका बारेमा बृहत छलफल गरेका थिए । सम्मेलनमा देशभरका ३ सय लायन्स क्लव इन्टरनेशनल ३२५ बि का प्रतिनिधिहरुको सहभागिता रहेको लायन्स क्लबका रिजन चेयर पर्सन बासु तिमिल्सीनाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.