Ultimate magazine theme for WordPress.

लागु औषध सहित पक्राउ परे जितेन्द्र

491

बारा, २६ असार / सशस्त्र प्रहरी बल बाराले लागु औषध सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । बिश्रामपुर गाउपालिका ४ स्थित फरवार्ड पोस्ट बलिरामपुरबाट खटिएको सशस्त्र प्रहरी बरिस्ठ हवल्दार भक्त बहादुर बोहराको टोलीले भारतबाट लुकीछिपी नेपाल प्रबेश गर्ने खोज्ने ब्यक्तिलाई सुराकीको आधारमा चेकजाच गर्दा भारतीय नागरिक जितेन्द्र कुमारलाई लागु औषध सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बाराका गणपति दिग बिजय सुबेदीले बताए ।
भारतको आश्रम रोड वडा नं. १० पुर्वी चम्पारण भारत बस्ने जितेन्द्र कुमारको साथबाट टेप लगाई तिध्रा र पिडुलामा बाधी ल्याएको अवस्थामा २२०० मिली लिटर Onerex नामको लागुऔषध सहित नियन्त्रणमा लिई नेपाल प्रहरी चौकी बलिरामपुरमा थप अनुसन्धान तथा कारबाहीको लागि बुझाइएको सशस्त्र प्रहरी निरिक्षक नारायण एरीले बताए । निजको साथमा भारतीय रुपैया २०५०/-, नेपाली रुपैया ३०००/- र भारतीय आधारकार्ड रहेको थियो ।
सशस्त्र प्रहरी बल बाराले यस अघी पनि ठुलो मात्रामा लागु औषध सहित ब्यक्तीलाई सोही ईलाकाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.