Ultimate magazine theme for WordPress.

लक डाउनको नियमलाई धज्जी उडाउदै राहत वितरण

290

उमेश दुबे
बारा, ११ बैशाख / बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकी फुलवरियामा नेपाल सरकारले जारी गरेको लक डाउनको धज्जी उडाउदै राहत बितरण गरिएको छ । लक डाउनको नियम पालना गर्ने मन्सायले सुरक्षाको निम्ति खटिएका प्रहरी अगाडी नै लक डाउनको नियमलाइ धज्जी उडाउदै राहत बितरण गरिएको हो ।
देवताल गाउपालिकाले आयोजना गरेको राहत वितरण कार्यक्रममा दुरि कायम नगर्नुको साथै प्रहरी अगाडी नै मास्क नलगाएको अवस्थामा एउटै ठाउमा जमात खडा गरि राहत वितरण गरिएको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार स्थानीय सरकारकै सहयोगमा चल्ने प्रहरी चौकीका कमान्डर समेतको उपस्थितमा लक डाउनको नियम उल्लंघन गरिएपनि सरोकारवाला मौन रहेको बताए ।
स्थानीय एक जना युवकले लक डाउनको उल्लंघन गर्दै वितरण गरिरहेको राहतको बिषयमा भिडियो खिच्दा केही बेर तनाव समेत उत्पन्न भएको बताए । अवाश्यक्ता अनुसार राहत वितरण गर्नु पर्छ तर लक डाउनकै धज्जी उडाउदै नियम कानूनलाइ मिच्दै राहत वितरण गर्नु अपराध भन्दा कम नभएको उनले बताए । स्थानीय वडा कर्यालय लगायत गाउपालिकाका प्रतिनिधि समेत उपस्थिति रहदा स्थानीय जनताको जिउधन सङ्ग खेलवाड हुनु दुर्भाग्य रहेको स्थानीयले दुखेसो पोखेका छन ।

Leave A Reply

Your email address will not be published.