Ultimate magazine theme for WordPress.

रुस्लान दशौं सिमरा गोल्डकप ः दुई शुन्यले अग्रता लिदै हिमालयन शेर्पा सेमिफाईनलमा

432

बारा , ७ माघ
विभागिय टिम नेपाल पुलिस क्लबलाई दुई शून्यले पराजित गर्दै हिमालय शेर्पा रुस्लान दशौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा सोमवार भएको खेलमा नेपाल पुलिसलाई स्तब्ध पार्दै हिमालयन शेर्पा क्लव बिजयी भएको हो ।
हिमालयन शेर्पाको तर्फबाट त्रिदेव गुरुङ्गले खेलको ८६ औं मिनेंटमा पहिलो गोल गर्दै खेललाई १–० को अवस्थामा पु¥याएका थिए । डिबक्स भित्र पाएको बललाई त्रिदेवले जाली चुमाउँन सफल भएका हुँन् । पुलिस क्लवले तालमेल मिलाउँन नसक्दा धेरै पटक पाएका अवसरहरु गुमाएको थियो । खेलको ईन्जुरी समयको अन्तिम मिनेंटमा हिमालयन शेर्पा क्लवका विश्वास श्रेष्ठले दोस्रो गोल गर्दै टिमलाई २–० को जीत दिलाए ।
म्यान अफ दि म्याच हिमालयन शेर्पा क्लवका विश्वास श्रेष्ठ घोषित भए र उनलाई प्रदेश नम्बर २ प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक किरण वज्राचार्यले नगद तथा ट्रफी हस्तान्त्रण गरेका थिए ।
मंगलवारको खेल सिएमसि संकटा क्लव र रुस्लान थ्री स्टार क्लवका बिच प्रतिश्पर्धा हुँने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.