Ultimate magazine theme for WordPress.

रातिमा उठ्दैन पर्सा कन्ट्रोल शाखाको फोन, रहमत टोलवासीहरु असुरक्षा महसुस गर्दै

120

उमेश दुबे
पर्सा, १५ मंसिर ÷ जिल्ला प्रहरी कार्यालय पर्सा कन्ट्रोल शाखाको १०० नम्बरमा लाग्ने फोन रातिमा नउठेको वीरगंज महानगरपालिका वडा नं. २ निवासीहरुले आरोप लगाएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर २ रहमत टोलमा आज बिहान करिब ३ बजेको समयमा चोर समुहले टोलमा चोरी गरिरहेको बेला कन्ट्रोल शाखामा फोन गर्दा गर्दै प्रहरीले फोन नउठाएको आरोप लगाएका हुन ।
घरमा कोई नभएको बेला मौका छोपी टोल भित्र छिरेका चोर समुहहरुले सबैको मुल गेट बन्द गरी चोरी गर्ने बेलामा स्थानियवासीले प्रहरीमा खबर गर्नको निम्ति फोन गरेपनि प्रहरीले फोन नउठाएको आरोप स्थानियवासीले लगाएका हुन । अकास्मिक घटनाहरु हुन नदिनको लागि जोडतोडले प्रहरीले आफ्नो प्रचार प्रसार गरेपनि फोन नउठाउनु नै सुरक्षाको चुनौती दिइरहेको बताए । वीरगंज महानगरपालिका भित्र केही घटना हुन नदिन प्रहरीले प्रतिवद्धता जाहेर गरिरहेपनि पर्सा प्रहरीले आफ्नो कमि कमजोरी मात्र अर्को माथि थुपार्ने बाहेक केही नगरेको आरोप स्थानियवासीहरुको रहेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २ रहमत टोलमा पसेका चोरहरुको समुहबाट एक जनालाई हामीहरु पक्राउ गरी वडा प्रहरी कार्यालय बिर्ताको टोलीको जिम्मा लगाएको स्थानियवासीले भने । करिब ३ बजेदेखी नै फोन गर्दा गर्दै नउठेपछि एक जना प्रहरीको पर्सनल नम्बर आफ्नो मोबाइलमा रहेकोले पछि फोन गरी प्रहरीमा खबर गरेको बताए । चारैतिर पर्सा प्रहरी आफ्नो १०० नम्बरको प्रचार प्रसार गरेपनि फोन नउठनु नै दुर्भाग्यको बिषय रहेको उनले बताए । प्रहरी कन्ट्रोल शाखाको नम्बर नउठनको कारण टोलवासीहरु असुरक्षामा रहेको गुनासो पोखेका छन् ।

Leave A Reply

Your email address will not be published.