Ultimate magazine theme for WordPress.

राजस्व गस्ति टोलीद्वारा ३ महिना नबितिदै करोडौको मालसमान पक्राउ

75

उमेश दुबे
पर्सा, ६ मंसिर ÷ वीरगंज भन्सारमा रहेको राजस्व गस्ति टोलीले तिन महिना नबितिदै करोडौको अवैध मालसमानहरु पक्राउ गर्न सफल भएको छ । २ महिना ५ दिनमा वीरगंज भन्सार राजस्व गस्ति टोलीले एक करोड एक लाख अडतिस हजार दुई सय बाइस रुपैया बराबरको अवैध मालसमान पक्राउ गर्न सफल भएको हो ।
भारतको रक्सौल लगायत बिभिन्न ठाउहरुबाट अवैध तरिकाले नेपाल भित्रिरहेको मालसमानहरु वीरगंज भन्सार राजस्व गस्ति टोलीले पक्राउ गरेको जनाइएको छ । वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाका अनुसार असोज, कार्तिक र मंसिर ५ गतेको दिनसम्म बिभिन्न मितिमा खटिएको टोलीले अवैध तरिकाले नेपाल भित्रिरहेको मालसमानहरु पक्राउ गर्न सफल भएको बताए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले असोजमा ३८ लाख २१ हजार, कार्तिकमा ५३ लाख ७१ हजार र मंसिरमा ९ लाख ४५ हजार गरी हालसम्म १ करोड १ लाख ३८ हजार २ सय २२ रुपैया बराबरको मालसमानहरु आवश्यक अनुसन्धानको लागि वीरगंज भन्सारमा बुझाइएको बताउनु भयो । नेपाल र भारतको सीमाना खुल्ला सिमाना भएकोले सबै जसो मालसमान नियन्त्रण गर्न नसकेपनि सूचना आउन साथ अथवा जानकारी हुनसाथ आफु हुन्जेल कसैलाई पनि नछाड्ने बताउनु भयो । आउने दिनहरुमा अझ सशक्त रुपमा चेकजाच बढाउनुको साथै तस्करहरु र तस्करीका समानहरु नियन्त्रण गर्नेतर्फ लागि पर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.