Ultimate magazine theme for WordPress.

राजपाबाट निर्वाचित भएका वडा अध्यक्ष रासलिलामा ब्यस्त, गाउपालिका अध्यक्षदेखी मन्त्रीसम्म मौन

1,181

उमेश दुबे
बारा, २३ पौष ÷ बाराको प्रसौनी गाउपालिकामा नेताहरुद्वारा यौन व्यवसाय कार्य फस्टाएको निकै चर्चा हुन थालेको छ । मधेसी दलको नाम बेच्दै स्थानिय तहमा निर्वाचित भएका नेताहरु नै यौन व्यवसायमा लाग्दा अरु को कुरा के गर्ने ? प्रसौनी गाउपालिका वडा नं. ३ बाट निर्वाचित हुनु भएका वडा अध्यक्ष बैजु गुप्ता काण्डले गर्दा गाउनै शोकमग्न भएका छन् ।
एकातिर मधेसी दल भनेर चिनिने राष्ट्रिय जनता पार्टीबाट नै निर्वाचित भई हाल प्रदेश नम्बर २ का भौत्तिक पूर्वाधार तथा यातायात विकास मन्त्री जितेन्द्र सोनलले मधेस आन्दोलनमा सहादत भएकाहरुलाई कम्बल लगायत राहत बितरण गरिरहेकै बेला उहाकै पार्टीबाट निर्वाचित भएका वडा अध्यक्षले रासलिला रचाउन ब्यस्त रहेका छन् । मधेस आन्दोलनमा प्रसौनी गाउपालिका वडा नं. ३ कै दुई घरपरिवारहरुले आफ्ना सन्तान गुमाएको कुरा नसेलाउदै सोही वडाका वडा अध्यक्ष बैजु गुप्ताले बिकासको रकम यौन व्यवसायमा सिध्याउदै आएका छन् । प्रसौनी गाउपालिकाका अध्यक्ष भोला कलवार समेत राष्ट्रिय जनता पार्टीको झण्डा बोकी चुनाव जित्न सफल भए ।
मधेसी र पहाडी समुदायको बिचमा बिवाद गराई मधेसीको हकहितको नाममा आन्दोलन गराई मधेसी जनतालाई मुर्ख बनाई चुनाव जिते, एक जना स्थानियले आफ्नो नाम नछाप्ने सर्तमा बताए । प्रसौनी गाउपालिकामा भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरुको कमी नरहेको बताए । उनले यस अनलाइन संग कुरा गर्दै वडा नं. ३ का वडा अध्यक्ष बैजु गुप्ताले चुनाव सम्पन्न हुनसाथ राणाशाही काल झै छोरीहरुलाई जिस्काउने गरेको बताए । वडा अध्यक्ष जस्तो पदमा रही, यस्तो क्रियाकलाप गर्ने वडा अध्यक्षलाई गाउपालिकाका अध्यक्ष कलवार र भौत्तिक पूर्वाधार मन्त्री सोनलले कारवाही नगर्नु नै सबैभन्दा बढी धांधली गरिरहेको बारे प्रष्ट हुन्छ भन्दै आफ्नो दुखेसो पोखे ।
यस बिषयमा प्रसौनी गाउपालिकाका वडा नं. ३ का वडा अध्यक्ष बैजु गुप्ता संग बुझदा आफुले गल्ती गरेको बताए । उनले बताए अनुसार बेसरी जाड खाएको अवस्थामा वीरगंजको एउटा होटलमा गई रात गुजारेको समेत स्विकारे । यो घटना पश्चात केही दिनदेखी पलायन रहेका वडा अध्यक्ष गुप्ता पुन ः आफ्नो निवास फर्केका छन् । बाराको ठूलो नेवतनमा रहेको निवासमा फर्किने क्रममा केही गाउहरु बिच बिवाद समेत भएको थियो । यस बिषयमा गाउपालिकाका अध्यक्ष भोला कलवार संग सम्पर्क गर्न खोज्दा फोन उठाउन मानेन्न ।
आफु मधेसी दलका नेता हौ भन्दै हुर्की हेराउने नेताहरु नै जब यस्ता क्रियाकलाप गर्न थालेपछि आम सर्वसधारणको के कुरा गरौ । एकातिर हाम्रो देश नेपालमा यस्ता क्रियाकलापको ढिंडौरा पिटदै हिडेका नेता तथा आइजीपि सर्वेन्द्र खन्नालको भाषण र कारवाहीमा फरक परेको यसैले प्रष्ट पार्दछ । यस्ता क्रियाकलाप गर्ने वडा अध्यक्ष बैजु गुप्तालाई प्रदेश सरकारले कारवाही नगरे आउने दिनहरुमा प्रदेश नम्बर २ को स्थित झन बिग्रिदै जाने संकेत देखा पर्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.