Ultimate magazine theme for WordPress.

राजनीतिक निकास र विकासका लागि वीरगन्जमा दवावमुलक कार्यक्रम समपन्न

105

विरगंज, फागुन १४ : राजनीतिक निकास र विकासका लागि वीरगञ्जको घण्टाघरमा शनिवार सचेत युवाहरुले एक घण्टा दवावमुलक कार्यक्रम समपन्न गरेका छन् । जवाफदेहिताका लागि हाम्रो अभियानले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले निकासका लागि संवाद गर्न र विकासका लागि दलहरु एक भई निकास दिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले संवाद मार्फत सहमतिको बाटो खोजेर दलहरु सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।कार्यक्रममा बोल्दै ईन्सेक पर्सा प्रतिनिधि एवंम् नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व अध्यक्ष केसि लामिछानेले नागरिकको सेवा सुविधाका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका थिए ।

देश विकासका काममा राजनीतिक विमति हुन नहुने उहाँको भनाई थियो । जिल्ला जिल्ला वा गाउँ गाउँको विकासले कुन राजनितिक दललाई घाटा हुन्छ उनले प्रश्न गर्दै राजनितिक दलका नेताहरु स्वार्थ नराखेर विकासको काम अगाडी बढाउनु पर्ने बताएका थिए ।

देश विकासका लागी छुट्याईएको रकम २० प्रतिशत पनि खर्च नभई ढुकुटी मै जम्मा भईदिदाँ बैकहरुमा तरलता उतपन्न भएको छ । बैकहरुको तरलताले जनताहरु १५ प्रतिशत सम्मको चर्को ब्याज तिर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । संविधान कार्यन्वयनका लागी असहमतिका पाटाहरु सहमतिमा ल्याएर देश विकासमा जोड दिनुपर्ने पुर्व अध्यक्ष लामिछानेले बताए ।युवा नेता ओम प्रकास सर्राफले विकासका लागि दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका थिए ।

सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले अबको चुनावमा विकासप्रेमी नेतृत्व चुन्न सक्नुपर्ने बताए । विद्यार्थी नेता दिलिपराज कार्कीले हरेक पुस्ताले दबाव दिएर निकास र विकासका लागि नेतृत्वलाई झकझकाउनु आजको आवश्यकता रहेको बताएका थिए ।अभियानका संयोजक शिवनाथ यादवले संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान निर्माणका लागि युवा अभियानले खबरदारी गर्दै आएको स्मरण गराउँदै अब राजनीतिक निकासका लागि युवा खबरदारी आवश्यक देखिएकोले दवाव अभियान शुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति फुलमहम्मद मियाँ, अधिवक्ता कमलमोहन पोखरेल, जवाफदेहिताका लागि हाम्रो अभियानका कबिता खड्का, माधुरी महतो, ईश्वरी श्रेष्ठ, साविर अहमद ऐराज लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अभियानका सुरेश बिडारीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.