Ultimate magazine theme for WordPress.

राजनीतिकै कारण देवताल गाउपालिकामा समस्या उत्पन्न भएको अध्यक्ष सिंहको आरोप

115

बारा, ३० चैत्र / हालै बाराको देवताल गाउपालिकामा उत्पन्न भएको समस्याको प्रमुख कारण सांसद र मन्त्रीहरु नै रहेको अध्यक्ष चन्दन सिंहले आरोप लगाउनु भएको छ । देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंहले यस पत्रिका संग कुरा गर्दै चुनावको मुखमा आफ्नो नजिकका प्रशासकीय अधिकृतलाई पठाई समस्या उत्पन्न गर्न खोजेको आरोप लगाए ।
निरन्तर विकासको कार्य योजना चलिरहेकै बेला बाराको क्षेत्र नम्बर ३ का सांसद रामबाबु यादव र क्षेत्र नम्बर २ का सांसद रामसहाय यादवले देवताल गाउपालिकामा आफ्नो नजिकको साथै विवादित अधिकृत पठाएर समस्या उत्पन्न गराउन खोजेको अध्यक्ष सिंहले आरोप लगाए । उहाले पटक पटक विवादमा परेका अधिकृतलाई देवताल गाउपालिकामा पठाई समस्या उत्पन्न गराउन खोजेको बताए । एउटा बारा जिल्लामा मात्र नभई रौतहट जिल्लामा समेत विवादित अधिकृत मानिएको वकिल पाललाई देवताल गाउपालिकामा पठाई आफ्नो स्वार्थ पुरा गर्न खोजिएको, उनले बताए ।
बन तथा वातावरण मन्त्री समेत रहेका रामसहाय यादवले निर्वाचन नजिक्दै जादा बिभिन्न गाउपालिकाबाट लखेटिएका प्रशासकीय अधिकृत पाललाई देवताल गाउपालिकामा ल्याउनुले नै आफुलाई बदनाम गराउन खोजेको बारे प्रष्ट हुन्छ, अध्यक्ष सिंहले बताए । आफु कुनैपनि अर्को प्रशासकीय अधिकृतलाई हाजिर गर्न सकिने तर बिभिन्न गाउपालिकाबाट लखेटिएका र फर्जी कागज बनाउन सिपालु रहेका अधिकृतलाई कुनैपनि सर्तमा हाजिर गराउन नसकिने, उनले बताए ।
बारा जिल्लाकै फेटा गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बस्दा आफ्नो कोठाको फर्निचरको नाममा ब्रम्हलुट मचाएको बारे समेत उनले प्रष्टयाउनु भयो । फेटा गाउपालिकाबाट लखेटिएका अधिकृत पालले बारागढी नगरपालिकामा हाजिर हुन खोज्दा राजनीति एजेन्डा बनाई आन्दोलन समेत गराउन सफल भएका अधिकृतलाई कुनैपनि हालतमा आफु स्विकार गर्न नसकिने अध्यक्षको भनाई रहेको छ ।
निर्वाचन नजिक्दै जादा सांसदहरुले यस्तो कृयाकलाप गरेको प्रति स्थानीयवासीले खेद व्यक्त गरेका छन । स्थानीयवासीका अनुसार राजनीतिका कारण आफुहरुको विकासको काम संग कुनै किसिमको सहकार्य गर्न नसकिने बताएका छन । जनताले चाहे सांसद बनाउन मात्र होइन मन्त्री समेत बनाए, त्यसरी राजनीतिको चपेटामा स्थानीयलाई घेराबन्दीमा राख्न खोजे बिकराल रुप हुन सक्ने भन्दै स्थानीयले आक्रोष व्यक्त गरे । तसर्थः जनताको हकहितको निम्ति राजनीति गर्ने राजनीतिकर्मीहरुले समयमै ध्यान नपुरयाए बिकराल रुप लिन सक्ने संकेत देखा परेको छ ।

Leave A Reply

Your email address will not be published.