Ultimate magazine theme for WordPress.

युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने

60

काठमाडौं, ७ पुस । बेरोजगार युवाले सरकारबाट विनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा त्यसलाई ५ लाख बनाइएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ– कोष सञ्चालनसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि बेरोजगारले विनाधितो ५ लाख ऋण पाउनेछन् ।

कसरी पाइन्छ ऋण ?
बेरोजगारले स्वरोजगार कार्यक्रम सञ्चालनका लागि आवश्यक ऋण लिन आफ्नो व्यावसायिक योजनाका आधारमा कार्यविधि बनाई जिल्ला संयोजन तथा अनुगमन समितिमार्फत वित्तीय संस्थामा निवेदन दिनुपर्नेछ । त्यस्तो निवेदन परेपछि सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले आफ्नो प्रक्रियाअनुसार बढीमा २ (कार्यविधि संशोधन भएपछि ५) लाख रुपैयाँसम्मको ऋण स्वीकृत गर्न सक्नेछ ।

ऋण स्वीकृत भएपछि सम्बन्धित व्यक्तिले गर्ने स्वरोजगारमूलक व्यवसाय पूर्ण रुपमा ऋणको सावाँ व्याज भुक्तानी नगरुन्जेल ऋणको सुरक्षणका रुपमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले धितो राख्नेछ ।

बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाले ऋण स्वीकृत गरेपछि प्रत्येक १५ दिनमा त्यसको शोधभर्नाका लागि तोकिएको विवराण्सहित कोषमा निवेदन दिनुपर्नेछ । कोषले त्यसैका आधिारमा ऋणको शोधभर्ना सम्बन्धित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई निकासा दिनेछ ।

 

Leave A Reply

Your email address will not be published.