Ultimate magazine theme for WordPress.

यसरी बैकिङ कसुर मुद्दामा पक्राउ परे वडा अध्यक्ष जैश्वाल

594

बारा, ११ चैत्र / कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षलाई बिभिन्न बहाना बनाउदै लाखौ रकम ठगि गरेको आरोपमा बारा प्रहरीले पक्राउ गर्न सफल भएको छ । बिभिन्न बहानामा ठगिएको रकमको बिषयमा जिल्ला प्रहरी कार्यालय बारामा उजुर पर्नुको साथै बैकिङ कसुरको मुद्दा समेत दर्ता हुदा बारा प्रहरीले कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई पक्राउ गर्न सफल भएको हो ।
कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष जैश्वाल आफ्नो पदको मर्यादा नै नराखी ठगी कार्यमा मुख्य योजनाकारको भुमिका निर्वाह गर्दै आएकाले बारा प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाल तिन तिन ठाउहरुबाट ठगी गरेको कारण बारा प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार ओमकार पाण्डे संग ८ लाख, राजु साह कलवारको १० लाख र सभामुख सरोज यादव संग पेश्की २० लाख रकम लिएर काम नगरेको कारण उजुर पर्नसाथ पक्राउ गरिएको दावी गरेका छन ।
ओमकार पाण्डे र राजु साह कलवारको बैकिङ कसुर मुद्दा रहेको तथा सभामुख सरोज यादवले दिएको उजुरको अधारमा वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष जैश्वाललाई पटक पटक बैकिङ कसुर मुद्दाको बिषयमा ताकेता गरिरहेतापनि आफ्नो मनोमानी पारामा प्रहरीको आदेशलाई अटेरी गरेका कारण पक्राउ गरिएको श्रोतले दावी गरेका छन ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई बैकिङ कसुर मुद्दामा पक्राउ गरिएको बताउनु भयो । उहाले बैकिङ कसुर मुद्दामा वडा अध्यक्ष जैश्वाललाई पक्राउ गरी छानबिन भइरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.