Ultimate magazine theme for WordPress.

यसपालिको निर्वाचनमा जनताको जित हुने : स्वतन्त्र उम्मेदवार द्विवेदी

287

पर्सा, २५ कात्तिक / पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले मंसिर ४ गतेको हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बताउनु भएको छ । यसपालिको हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले आफ््नो एक्काधिर मत प्रयोग गरी जनतालाई नै निर्वाचित गराउने बताउनु भएको हो ।
यस अनलाइन संग कुरा गर्दै स्वतन्त्र उम्मेदवार द्विवेदीले क्षेत्र नम्बर १ बाट जनताले नै उम्मेदवारी दिएको र यसपालिको निर्वाचनमा जनता नै जित हासिल गर्ने बताउनु भयो । क्षेत्र नम्बर १ का जनता राजनीतिक दलबाट धोका पाएको र गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउने प्रयास गरिएको कारण यसपालिको निर्वाचनमा जनताले नै परिवर्तन चाहेको, उनले बताए । गठबन्धनको नाममा ठगबन्धन रहेको बिषयमा सबै जनता बुझिसकेको कारण यसपालि जनता नै उम्मेदवारी दिएको र जनता नै निर्वाचित हुने दावी, स्वतन्त्र उम्मेदवार द्विवेदीले गर्नु भयो ।
जनता आफ्नो अधिकारको लागि, जनता आफ्नो अवाजको लागि, यसपालिको निर्वाचनमा आफै उम्मेदवारी दिएको र जनता आफै निर्वाचित हुने स्वतन्त्र उम्मेदवार द्विवेदीले बताए । पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा जनताकै जित हुने ठोकुवा समेत गरे । उनले जनताले आफ्नो एकाधिकार मत प्रयोग गरी जनता नै जित हासिल गर्ने उनले बताए ।
बिगतमा आफु सांसद हुदा पुल, बिद्यालय, स्वास्थ्य चौकी निर्माण गरिएको द्विवेदीले जानकारी दिनुभयो । जनताको हक हितका लागि काम गरेको तर आफ्नो नामको प्रवेशद्वार नबनाएको, द्विवेदीले जिकिर गर्नुभयो । विकास बारे उम्मेदवारी दिएका सांसद संग जनताको बिचमा डिभेड गर्न तयार रहेको समेत द्विवेदीले चुनौती दिए । गठबन्धनको नाममा देशको राजनीतिलाई बन्धक बनाउन पाइदैन, जनताको अधिकारलाई बन्धक बनाउन पाइदैन, नेतातन्त्र चल्दैन, अब जनतातन्त्र चल्छ भन्दै उहाले चुनावी मैदानमा होमिएको, स्वतन्त्र उम्मेदवार द्विवेदीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.