Ultimate magazine theme for WordPress.

मोर्चा द्वारा निर्वाचन कार्यालय घेराउ

34

विरगंज, १५ चैत्र – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकताहरुलेले जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ गरेका छन् । स्थानीय निर्वाचनको विरोध गर्दै आएका मोर्चा कार्यकर्ताले पूर्व निर्धारित कार्यक्रमअन्तर्गत जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।

संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको नेतृत्वमा गएको टोलिले आज निर्वाचन कार्यालय घेराउ गर्दै प्रदर्शन समेत गरेको छ । सदरमुकाम विरगंजस्थित जिल्ला निर्वाचन कार्यालयमा घेराउ गर्दै मोर्चा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । बिहान १० बजे कार्यालय अगाडि जम्मा भएका प्रदर्शनकारीले संविधान संशोधन गरी मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म स्थानीय निर्वाचन हुन नदिने बताएका छन् ।

मोर्चाले प्रदर्शन थालेपछि विरगंजमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave A Reply

Your email address will not be published.