Ultimate magazine theme for WordPress.

मोर्चाद्वारा निर्धारित फाल्गुन २३ गतेको रैली युवाले नेतृत्व गर्ने

33

वीरगन्ज, फागून २२:
अबको कार्यक्रममा मधेशी युवा शक्तिले पहलकदमीको भूमिका निर्वाह गर्ने युवा मोर्चाको उद्घोष |
मोर्चाले निर्धारित गरेको कारयक्रमलाई स्वागत गर्दै, भोलि सोमबार २३ गते मोटरसाइकल रैली कार्यक्रम युवा मोर्चाले नेतृत्व गर्ने I आज बिहान युवा मोर्चाको बसेको बैठकले भोलि र पर्सि हुन लागेको मोटरसाइकल रेली र लाठी जुलुस युवा मोर्चाले अगुवाई गर्ने निर्णय गरेको छ I
हिजो पर्सामा बैठेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तय गरेको कार्यक्रमलाई बृहत रुपमा सफल पार्न  सबै युवा बिधार्थी एक भै अगाडी बढ्ने भएको छ | समाजवादी युवा फोरम पर्साका अध्यक्ष शेख जल्सुदीनले भोलिको रैलीमा युवा बिधार्थीको उलेखनीय उपस्तिथी हुन जनाएका छन् | अब हुने कार्यक्रममा युवाको भूमिका अहम हुने र मधेश बिरोधिलाई सखाप पर्न सबै युवा एकजुट भएको तराई मधेश युवा फ्रन्टका जिल्ला अध्य्क्ष आसुतोष चतुर्बेदीले बताएका छन् |
भोलि बारा र पर्साको मोर्चाले संयुक्त रुपमा बृहत मोटरसाइकल रैली निकाल्ने जनाइएको छ |

Leave A Reply

Your email address will not be published.