Ultimate magazine theme for WordPress.

मोटरसाई ¥याली र लाठी जुलुस निकालिने मोर्चाको निर्णय

76

वीरगन्ज, फागुन २१: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको आज बसेको बैठकले विभिन्न दुई सुत्रीय निर्णय गरेको छ ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकले यही फागुन २३ गत बाराको जितपुरमा वृहत मोटरसाइकल ¥याली र फागुन २४ गते वीरगन्जमा वृहत लाठी जुलुश निकाले निर्णय गरेको हो ।

संदसमा दर्र्ता रहेको संशोधन प्रस्तावलाई परिमाजर्नसहित पारित गराउन दवाब दिने उदेश्यले वृहत मोटरसाईकल ¥याली र लाठी जुलुश निकालिने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो।

उहाँले मधेसी मोर्चाको पुर्व घोषित कार्यक्रम अन्तरगत भण्डाफोर कार्यक्रम अन्तरगन फागुन २३ गते बारा–पर्साको विभिन्न गाउ तथा सहरबाट मोर्चाको अगुवाईमा वृहत जुलुश निकाली दिउसो ३ बजे जितपुरको गढिमाई मन्दिरमा भेलाभई पछि मोटरसाईकल ¥याली निकालिने योजना रहेको बताउनु भयो ।

मधेसी जनताको अधिकार दिन नमानेका ठुला तीन दलको भण्डा फोर गर्दै जितपुरमा मोटरसाईकल निकालिने अध्यक्ष यादवले जानकारी दिनुभयो। त्यसै फागुन २४ गते पर्साको विभिन्न गाउ तथा उपमहानगरपालिका र नगरपालिकाबाट आएका मोर्चका नेता कार्यकर्ता तथा सर्वसाधाणर वीरगन्जको घण्टाघर चोकमा भेला भई वृहत लाठि जुलुश निकालिने अध्यक्ष यादवले बताउनु भयो।

 

उहाँले पुष्पकमल दहाल (प्रचण्ड) नेतृत्वको सरकार गठन हुने क्रममा मोर्चासंग भएको सहमतीबाट काँग्रेस र माओवादी केन्द्रका नेताहरु पछि हटेकाले पहिले गरेको प्रतिबद्धता अनुसार संविधान संशोधन गरी सिमाँकन पुनः निर्धान गर्दै समानुपातिक समावेशि निर्वाचन प्रणली, नागरिकता समस्या, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतमा माग सम्बोधन गराउन चरणबद्ध आन्दोलनमा उत्रीएको जानकारी दिनभयो। उहाँले संविधान संशोधन नभएसम्म स्थानिय तहको निर्वाचन सम्भव नभएकाले परिमार्जन सहित संविधान संशोधन गरेमात्र मधेसी जनताले अधिकार पाउने जानकारी दिन दुवै कार्यक्रम मोर्चाले ल्याएको बताउनु भयो ।

मोर्चाले आयोजना गर्न लागेको फागुन २३ र २४ गतेको कार्यक्रममा बारा–पर्साका हजारौ जना सर्वसाधारणको सहभागिता हुने अध्यक्ष यादवले दावी गनुृभयो ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा बसेको बैठकमा तमलोपाका महामन्त्री जितेन्द्र सोनल ,नेपाल सद्भावना पार्टीका महासचिव शिवप्रसाद पटेल, तमलोपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेम बाबु पटेल, तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष वीरेन्द्र यादव,नेपाल सद्भावना पार्टी पर्साका अध्यक्ष कृष्ण पटेल,  मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष मुस्तकिम अन्सारी लगायतको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.