Ultimate magazine theme for WordPress.

मुस्लिम समुदायको समर्थनमा उभिए उपेन्द्र यादव, चुनावको मिति सार्न माग

91

काठमाडौं, जेष्ठ १६ : सरकारले स्थानीय तहको दोस्रो चरणको चुनाव आगामी असार ९ गते गर्ने निर्णय गरेपछि मुस्लिम समुदायले त्यसको विरोध गरिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मुस्लिम समुदायको समर्थनमा उभिएका छन् ।

राष्ट्रिय जनता पार्टी लगायत असन्तुष्ट पक्षलाई समेटेर स्थानीय चुनाव गराउन सरकारले असार ९ गतेको मिति तय गरेपनि मुस्लिम समुदायले सरकारको उक्त निर्णयको विरोध गरेका छन् । असार ९ गते मुस्लिम समुदायको रमजान पर्व परेकोले मिति सार्न उनीहरुले माग गरिरहेको बेला फोरम नेपालका अध्यक्ष यादवले मुस्लिम समुदायको मागलाई समर्थन गर्दै चुनावको मिति सार्न सरकारसँग जोडदार माग गरेका छन् ।

फोरम नेपालका अध्यक्ष यादवले सोमबार प्रेस विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर लैजान जेष्ठ ३१ गतेलाई पूर्वघोषित चुनावको मिति दश दिनका लागि सार्नु सकारात्मक रहेको प्रतिक्रिया दिँदै रमजान पर्वको लागि उक्त मिति सच्याएर नयाँ मिति तय गर्न सरकारसँग माग गरेका हुन् ।

अध्यक्ष यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ,– ‘२०७४ साल जेष्ठ १५ गते सरकारले राष्ट्रिय जनता पार्टी नेपाल लगायत केही राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यक्रमलाई १० दिन सार्ने कार्य सकारात्मक प्रयास गरेको भएतापनि नेपाली मुस्लिम समुदायको रमजान पर्व भएको हुँदा सो समेतलाई ध्यानमा राखेर मुस्लिम समुदायलाई प्रतिकूल नहुनेगरी स्थानीय तहको निर्वाचनको कार्यतालिका पुनः बनाईनु पर्दछ । सोको लागि नेपाल सरकार र निर्वाचन आयोगसँग समेत अनुरोध छ ।’

Leave A Reply

Your email address will not be published.