Ultimate magazine theme for WordPress.

माछा छापको प्रचार प्रसारमा जुटे मतदाता, द्विवेदीको जित पक्का

99

पर्सा, २६ कात्तिक / पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्र्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनु भएका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जनता मात्र उभिएका छैन्न, प्रचार प्र्रसारमा समेत जुटिएको देखा पर्न थालेको छ । निर्वाचनको समयमा ठुला ठुला भाषणबाट आजित भएका स्थानीयहरुले यसपालि स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई रोेज्दै आफै प्रचार प्रसारमा जुटेको देखा पर्न थालेको हो ।
पार्टीका नेताहरु मात्र भाषणवाजी बाहेक विकासको काम गर्न नसकेको आरोप लगाउदै यसपालि हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारलाई रोज्ने मतदाताहरु बताउछन । पर्सा क्षेत्र नम्बर १ को वीरगंज महानगरपालिकाको बिभिन्न वडाहरुमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुको टिमले मतदाता संग प्रश्ण गर्दा मतदाताहरुले यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई रोजेको र आफै पार्टी प्रचार प्रसारमा समेत लागेको बताउनु थालेका छन ।
बिगत ५ बर्षदेखी विकास हुन नसकेको र मधेसको नाममा निर्वाचित हुने नेताहरु आफ्नो क्षेत्रका लागि केही गर्न नसकेको कारण पनि स्वतन्त्र उम्मेदवार द्विवेदीलाई रोजेको मतदाता बताउछन । वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी रामसहाय पटेलका अनुसार मधेसी जनता संग मधेसी दलले नै धोका गरेको बताए । उहाले मधेस आन्दोेलन गराउने र मधेसीको छाति तथा टाउकोमा गोली चलाउन लगाउने केपि ओलीकै शरणमा मधेसी दल पुगेको कारण यसपालिको निर्वाचनमा मधेसी दललाई निर्वाचित गराउन नसक्ने बताए । रक्सी र मासुको भरमा यसपालिको निर्वाचनमा निर्वाचित हुने सपना त्यागे हुन्छ भन्दै आक्रोष पोखे ।
वीरगंजको आन बान शानको रुपमा मानिने मुलुककै दोश्रो ठुलो रंगशाला, मधेस प्रदेशको सबै भन्दा पुरानो र ठुलो अस्पतालको रुपमा मानिने नारायणी अस्पतालको अवस्था जिर्ण हुनुमा मधेसी दलकै नेताको कमि कमजोरी रहेको, उनले आरोप लगाए । मधेस आन्दोलनमा सहादत भएकाहरु र वीरगंजको भौत्तिक पूर्वाधारको संरक्षण गर्न नसक्ने नेतालाई यसपालि हुन गइरहेको निर्वाचनमा मतदान नगर्न पटेलले ठोकुवा गर्नु भयो । निर्वाचित गराउने मतदाता नै हो तर मतदातालाई अपशब्द प्रयोग गर्ने नेताहरुलाई यसपालि बहिस्कार गर्दै स्वतन्त्रको पक्षमा उभिएको मात्र होइन प्रत्येक घर घरमा पुगि आफै स्वतन्त्र अजय द्विवेदीको माछा छापमा मतदान गर्न आग्रह गर्दै हिडेको बताए ।
यता स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले यस बिषयमा जनता नै निर्वाचन लडिरहेको र जनताले नै निर्वाचित हुने भएकोले आ—आफ्नो ठाउबाट जनताले मत माग्न हिडेको बताउनु भयो । उहाले रामसहाय पटेल जस्तै हिम्मती र आफ्नो हक अधिकारको लागि अवाज उठाउन सक्ने व्यक्तिलाई अभार व्यक्त गरेका छन । जनताले आ—आफ्नो ठाउबाट पटेल जस्तै अभियान चलाइयो भने जनतालाई निर्वाचित हुनबाट कुनै पार्टीका नेताले रोक्न नसक्ने, स्वतन्त्र उम्मेदवार द्विवेदीले दावी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.