Ultimate magazine theme for WordPress.

माओवादीद्वारा आन्दोलन घोषणा

176

काठमाडौं, पुस ९ /नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)ले आयल निगमले प्रेटोलियम पदार्थको मूल्य वृद्धि गरेको विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बिहिबार मात्र नेपालबन्द गरेको माओवादीले दुई दिनपछि चरणबद्ध आन्दोलन घोषणा गरेको हो।

आन्दोलनका कार्यक्रमहरुमा आगामी १० गते देशव्यापी कोणसभा, ११ गते माओको जन्मोत्सवको अवसरमा प्रज्ञा प्रतिष्ठानमा अन्तरक्रिया, १२ गते दिउँसो १ बजे देशव्यापी विरोध प्रर्दशन, १३ गते मशाल जुलुस र १५ गते बिहान ९–१० बजेसम्म चक्का जाम गर्ने घोषणा गरिएको छ।

माओवादीसम्बद्ध विभिन्न भातृ संगठनका प्रमुखहरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएअनुसार मूल्य बृद्धि घटाइएन भने अझ कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय रुपमा मूल्य समायोजन नभएको भन्दै भ्रष्टचार र कमिसनको चक्करमा मूल्य बृद्धि गरिएको दाबी गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.