Ultimate magazine theme for WordPress.

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

62

२६ मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्नेछ ।

कानूनतः सार्वजनिक पद धारण गरेकाहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । तर, प्रधानमन्त्री र मन्त्रीहरुले १५ दिनमा नै सार्वजनिक गर्ने पराम्परा थियो । यो पटक भने सरकार बनेको चार महिना वित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक पूर्वाग्रहका कारण हटाइएका शिक्षकहरु जाँचबुझ गर्न पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा समिति बनाएको छ । साथै डा. गोविन्द केसीसँग भएको सहमतिको स्वामित्व लिँदै कार्यान्वयनका लागि कार्यविधि बनाउने निर्णय गरेको छ ।

सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.