Ultimate magazine theme for WordPress.

मन्त्रिपरिषद्को बैठक जारी, आज निर्वाचनको मिति घोषणा हुने

111

काठमाडौं, फागुन ९ :मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। आजको बैठकले निर्वाचनको मिति घोषणा गर्न अन्तिम तयारी गर्ने प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ। आइतबार सत्तारुढ घटक दल नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको छलफलमा आज निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख मसान्तसम्ममा निर्वाचन सक्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेका छन्। निर्वाचन सम्बन्धमा मधेसी मोर्चाको असहमति रहेपनि स्थानीय तहको संख्या थप्ने भएपछि मधेसी मोर्चा केही लचक हुने अनुमान गरिएको छ।

यद्धपि प्रधानमन्त्रीले भने निर्वाचनको मिति घोषणा भएपछि पनि संविधान संशोधनका लागि प्रयास गरिने आश्वासन मधेसी मोर्चालाई दिएको छ। दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले मधेसवादी दलका नेताहरुलाई आफूलाई विश्वास गर्न भन्नु भएको छ। मिति घोषणा भएपछि पनि संशोधनको लागि प्रसाय गर्ने बताउनु भएको छ।’

यता सत्ता साझेदार नेपाली कांग्रेसले कुनै पनि बहानामा चुनावमा जान ढिलाइ गर्न नहुने बताउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.