Ultimate magazine theme for WordPress.

मधेश बिकासमा पुर्वधार बिषय अन्र्तक्रिया कार्यक्रम

124

बिरगंज , पुस ५ । मधेश बिकासमा पुर्वधार बिषय अन्र्तक्रिया कार्यक्रम आज ठाकुरराम बहुमुखि क्याम्पस  बीरगंजमा सम्पन्न भएको छ ।

भारत दिल्लीमा अध्यनरत युनाईटेड मधेशी आफ नेपालका संस्थापक अध्यक्ष संजय यादव र सुर्यकिरण यादवको बिषेस उपस्थीतिमा सम्पन्न भएको कार्यक्रममा मधेशमा संचालनमा रहेको बिकास र त्यसको प्रभावको बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष संजय यादवले अब बिधार्थी युवाले जिमेबरी बोक्नु पर्ने छ ,वहाले थप्दै भने कि पुर्व पश्चिम रेल मार्गको नक्सा जुन हिसाब ले सरकार ले कोरेर एकातिर बाट काम चलिरहेको छ त्यो सम्पूर्ण मधेशीलाई पछारी धकलिने काम भईरहेको छ | यो सबै बिकाश को कार्यक्रम मधेश र मधेशी जनतालाई अन्यालो मा राखी एकतर्फी ढंगले संचालित भईरहेको जानकारी गराए |

आफ्नो दुई शब्द राख्दै सूर्यकिरण यादव जी ले भने अब को बिकाश मधेश र मधेशी जनता को बीच हुनु आवस्यक रहेको छ | सरकारद्वारा ल्याइएको बिकाश प्रस्ताव मधेश को हितमा नरहेको ठाने | कार्यक्रममा विमानस्थल ,रेलमार्ग , हुलाकी राजमार्ग ,भरस्त्चार , शिक्षा लगायत मधेश लाई आवश्यक हुने सबै विकास को बिषय बस्तुमा चर्चा भएको थियो |

कार्यक्रममा कोशीस फाउनडेशन मदन गुप्ता, समाजीक अभियान्ता प्रकास प्रसाद थारु, समाजबादी बिध्यार्थी फोरम नेपालका केन्द्रीय सचिव आमोद यादव, समाजबादी बिधार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल बरनवाल, संघिय समाजबादी फोरम नेपालका केन्द्रीय पर्साद  शिवजी प्रसाद सोनी, तथा  ठाकुर राम बहुमुखी क्याम्पसका विभिन्न संकायमा अधयनरत बिधार्थीहरु लगायतकाको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.