Ultimate magazine theme for WordPress.

मधेशवादी दल बिना निर्वार्चन असम्भव : चिन

144

काठमाडौं, चैत्र १७ :  नेपाल र चिनको सम्बन्धमा नयाँ आयाम जुडेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । मित्र राष्ट्र चिनको औपचारिक भ्रमण पुरा गरि हिजो नेपाल फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल र चिनको आपसी विश्वास र समझदारीमा वृद्धि भएको बताएका छन् ।

त्रिभुवन अंतरराष्ट्रीय विमानस्थलमा संचारकर्मीहरु संग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो चिन यात्रा सफल रहेको दावी गर्दै नेपाल र चिनको मित्रतामा नयाँ आयाम आएको बताए ।

प्रधानमन्त्रीले चिनको रास्ट्रपति शी जिनपिंग संग भएको भेटमा दुइपक्षीय सम्बन्ध माथि कुरा भएको बताए र साथै वन वेल्ट वन रोड परियोजनामा नेपालको सहमति र एउटा चिन नीतिलाइ लिएर उनले प्रतिबद्धता जताएको जानकारी दिए ।

संगै प्रधानमन्त्री प्रचण्डले चिनले देशमा हुन लागेको आगामी चुनाव सम्पूर्ण पार्टीहरुको सहमति लिएर गराउन चिनका रास्ट्रपति शी जिनपिंग आग्रह गरेको बताए र राजनीतिक स्थिरताको कुरा लिएर चिन्ता प्रकट गरे ।

Leave A Reply

Your email address will not be published.