Ultimate magazine theme for WordPress.

मतदातालाई पैसा बाड्दै देखा परे उम्मेदवार

158

बारा, ६ बैशाख / उपनिर्वाचनको समय नजिक्दै जादा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवले आर्थिककै भरमा उपनिर्वाचन निर्वाचित हुने दाउमा लागेको प्रष्ट भएको छ । उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्र पारेकै अवस्थामा यादवले पैसा बाड्दै हिडेको तस्बिर समाजिक संजालमा भाइरल भएको पाइएको हो ।
बिभिन्न जिल्लाबाट पराजित हुदै आएका उपेन्द्र यादव हाल बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका उम्मेदवार हुन । बैशाख १० गतेको उपनिर्वाचनको समय नजिक्दै जादा जनतामा भ्रम छर्ने र मतदातालाई लोभ्याउदै गरेको दृष्यहरु देखा पर्न थालेको छ । सतागठबन्धनको धाधली बताउदै मत माग्न आतुर भएका यादव हार्ने डरले आर्थिक नै बाड्ने गरेको दृष्य देखा परेको छ । दृष्यमा पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नै हातबाट मतदातालाई रकम बाड्ने गरेको दृष्य केमरामा कैद भएको थियो ।
यता बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुले गठबन्धन मात्र केन्द्रीय नेताले गरेको तर जनताले नगरेको बताउछन । हाल हुन गइरहेको उपनिर्वाचनमा भ्रम छर्ने र चोर बाटोबाट सांसद छिर्ने नेतालाई बहिस्कार गर्दै यसपालि स्थानीय धर्तिपुत्रलाई रोज्ने मतदाता बताउछन ।

Leave A Reply

Your email address will not be published.